नेपाललाई बिस्वमा नै चिनाउन हामि यसरि MCC पास गर्नेछौ

जागृति खबर संवाददाता

काठमाडौं, २५ भदौं ।

पूर्व प्रधानमन्त्रसिमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पछिल्लो समय निकै निकट भएका छन् । दुवैको मिसन यतिबेला नेकपा (क्रान्तिकारी माओवादी), मोहन वैद्यले नेतृत्व गरेका पार्टीहरुबीच सके पार्टी एकता र नभए संयुक्त मोर्चा बनाउने रहेको स्रोतले जनाएको छ ।

पार्टी एकताका लागी माओवादी अध्यक्ष दाहाल, जसपाका संघीय परिषदका अध्यक्ष भट्टराई र वैद्यको बीचमा विभिन्न चरणमा छलफल भइसकेको छ । १० वर्ष जनयुद्ध लडेर आएका नेताहरु दाहाल, डा. भट्टराई, बैद्य र नेत्रविक्रम चन्दले शान्ति प्रक्रियामा आएसँगै अलग अलग पार्टी बनाएका थिए ।

पूर्वमाओवादी घटकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत लोकतान्त्रिक) बीच समेत पार्टी एकता वा संयुक्त मोर्चा बनाउने तयारी भएको छ । माओवादी केन्द्रका युवा नेता विशाल खड्काले पूर्व माओवादी शक्तिबीच पार्टी एकता र अरु वामपन्थी पार्टीहरुसंग गठवन्धन निर्माण गरेर जाने विषयमा छलफल चलिरहेको बताए ।

बाग्मती प्रदेश सभाका सदस्य समेत रहेका नेता खड्काले भने, ‘सके हामी सवैले एउटा वृहत पार्टी बनाएर जानुपर्छ त्यो नभए पनि माओवादी घटकहरुको विचमा पार्टी एकता गर्ने र अन्य वामपन्थी पार्टीहरुबीच गठवन्धन निर्माण गरेर अघि बढ्नुपर्ने जरुरी भइसकेको छ । त्यो बाटोतर्फ चांडै जान्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र डा. भट्टराईबीच यसबारेमा पछिल्लो समय नियमित जस्तै छलफल चलिरहेको छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीलाई सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाले उल्ट्याइदिएपछि प्रचण्डले बृहत कम्युनिष्ट एकताको तयारी थालेका हुन् । तर, त्यसको नाम भने माओवादी नराख्ने सहमति नेताहरुबीच भइसकेको छ ।

‘केपी ओली बाहेकको बृहत कम्युनिष्ट एकताको तयारीमा हामी जुटेका छौं । त्यसमा उपेन्द्रजी पनि सकारात्मक हुनुहुन्छ । हामीले विप्लवजीसँग पनि छलफल गरिरहेका छौं । यस विषयमा माधव र प्रचण्डबीच यसअघि नै सहमति भइसकेको छ,’ स्रोतले भन्यो ।

सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले पार्टी एकताका लागि भइरहेको तयारीको संकेत दिएका छन् । उनले देशमा राजा ज्ञानेन्द्र शाह गए, केपी शर्मा ओली गए तर पनि कुर्सीको खेल जारी रहेको बताउँदै देशमा छिमेकीको हैकम, जयसिंह धामीको बेपत्ता, छाउपडी, मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी रहेकोले वैकल्पिक शक्तिको खोजी पनि जारी रहेको बताए ।

‘ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ । भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ । कमिसनखोरको खेलो जारी छ । छिमेकीको हैकम जारी छ । जयसिंह धामीको बेपत्ता जारी छ । छाउपडी जारी छ । छोइछिटो जारी छ । मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी छ । श्रमिकको चुलो खाली छ,’ उनले लेखेका छन्, ‘अतः वैकल्पिक शक्तिको खोजी जारी छ ।’

साथै जसपा संघीय परिषद् अध्यक्ष डा। भट्टराई अहिले जिल्ला दौडमा छन् । उनले विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुसँग प्रत्यक्ष संवाद सुरु गरेका छन् । कम्युनिष्ट घटकहरुसँगको एकता प्रक्रिया अगाडि बढाउने तयारी भइरहेका बेला डा। भट्टराईले जिल्ला पुगेर आफ्नो पंक्तिलाई एकतावद्ध राख्ने कोशिस गरेका छन् ।