एमसीसी र सरकार दुवै पक्षको पत्र पढेँ, जनता झुक्याउने बाहेक अरु केही भेटिन : भीम रावल

जागृति खबर संवाददाता

काठमाडौं, २४ भदौं ।

नेकपा (एमाले) उपाध्यक्ष भीम रावलले सरकारले एमसीसीलाई पठाएको पत्र र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढेको बताएका छन् । दुवै पत्रमा नेपाली जनतालाई झुक्याएर एमसीसी संसदबाट पास गराउने षड्यन्त्र मात्रै भएको उनले बताएका छन् ।

‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘यी दुवै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षड्यन्त्रकै उपज हुन्।’

त्यस्तैगरी एमसीसीलाई पठाइएको पत्र र एमसीसीले अर्थमन्त्रीलाई पठाएको पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत गरिएका सम्झौतालाई संशोधन गर्ने बताएका छन्।

देउवा सरकार ढाल्ने खेल सुरु, काग्रेस भित्रैबाट यि नेताहरु खुलेरै लाग्न थाले !

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार ढाल्न कांग्रेसबाट नै केही नेताहरु लागेको खुलासा भएको छ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकार ढाल्ने खेल सुरु भएकाे हो ।

यसकाे पहिलो चरणमा बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, गगन कुमार थापाले विरोध गर्न थालेका छन् । उनीहरुले सुरुवाती दुई महिनाको काम कारबाहीलाई लिएर आलोचना सुरु गरेका छन् ।

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, दार्चुला घटनालाई प्रष्ट अडान नलिएको र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने आशयका गृह मन्त्रालयका वक्तव्यलाई लिएर कांग्रेसमा असन्तुष्टि छ ।

‘यो सरकारको कामलाई लिएर हामी चुनावमा जानुपर्छ । त्यसैले यो सरकारलाई सफल बनाउनेबाहेक हामीसँग अरु कुनै बाटो छैन,’ कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले भने, ‘सरकारको कामहरुप्रति हाम्रो चिन्ता हो । सरकारले गएको दुई महिनामा गर्नुपर्ने केही काम नगर्दा र नगर्नुपर्ने काम गरेकाले अनावश्यक रुपमा रक्षात्मक हुनुपरेको छ ।’

कांग्रेसका नेताहरुले एमसीसीबारे नकारात्मक टिप्पणी नगर्नू, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन नगर्नू भनेर गृह मन्त्रालयले दिएको वक्तव्यप्रति समेत असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री भएको दुई महिना पुग्नै लाग्दा पनि देउवाले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । एक राज्यमन्त्रीसहित पाँच मन्त्री नियुक्त गरेका देउवाले धेरै मन्त्रालय कर्मचारीको भरमा चलाएका छन् ।