घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

जागृति खबर संवाददाता

काठमाडौं, २३ भदौं ।

बुधवार सुन चाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ। त्यस्तै,चाँदीमा भने प्रतितोला १० रुपैयाँको गिरावट आएको छ ।

मूल्यमा गिरावट आएपछि आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २०० रुपैयाँ तोकिएको छ । साथै, आज चाँदीको प्रतितोला मूल्य एक हजार २२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार २३० रुपैयाँ कायम भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेको हो ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ थियो । त्यस्तै,चाँदीको प्रतितोला मूल्य एक हजार २२० रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार २३० रुपैयाँ कायम भएको थियो ।