मलेसियामा कोभिड बिरुद्धको पहिलो खोप लगाएका बिनोदको दुखद निधन

जागृति खबर संवाददाता

क्वालालम्पुर, २२ भदौं ।

मलेशियाको ईपो क्षेत्रमा कार्यरत एक नेपालि श्रमिकको कोरोना भाईरस सङ्क्रमणको कारण मृत्यु भएको छ।

ईपोको एसएसबिएन वेपन ईक्युपमेन्ट एसडीएन बिएचडी कम्पनीमा केहिबर्ष अघि रोजगारीको सिलसिलामा मलेसिया आईपुगेका ३७ बर्षिय बिनोद कुमार खाङ्ग कात्वेको सोमबार राती मृत्यु भएको हो।

बैधानिक तबरमै काम गरीरहेका बिनोदले कोभिड-१९ बिरुद्धको पहिलो खोप लगाइ सकेका थिए। केहिदिन अघि देखि साधरण ज्वरोले सताएपछी क्वारेन्टाइनमा बसीरहेकै अवस्थामा उनको ज्यान गएको हो।

भिडियोमा परिवारले लाश हेर्दै रुवावासी गरिरहे, यता मलेशियामा अमर जलिरहे…

मलेशियामै कार्यरत रहेका एक व्यक्तिले भिडियो मार्फत अमरको मृत शवलाई देखाए । शव शेर्दा मान्छे बोल्न सक्ने जस्तो देखिने भएपनि त्यो फगत कल्पना हुन्थ्यो किन भने मलेशियामा बैदेशिक रोजगारीमा रहेका बझाङ केदारस्यु गाउपालिका ५ का अमर गुर्धामीको मलेशियामा कोरोना संक्रमित भएर बेलैमा अक्सिजन सहितको उपचार ढिला हुँदा मृत्यु भईसकेको थियो ।

यो पीडा परिवारमा सानो थिएन । कोरोना महामारी, विभिन्न अड्चन आदि कारणले अमरको शब परिवारले नेपाल ल्याउन सकेन र उतै अन्त्यष्टी गर्ने सहमति भयो । सोही अनुसार अमरको अन्त्यष्टीको प्रत्यक्ष दृष्य त्याहाँ रहेका नेपालीको सहगोमा भिडियो कल मार्फत बजाङमा रहेका उनका परिवारले भाव विव्हल भएर हेरिरहे । अमर सात वर्षदेखि मलेशियामा रोजगारीका लागि गएका थिए ।

अचानक उनी बिरामी परेका अमरले सामान्य ठानेर ड्युटी गरेको तर पछि कोरोना संक्रमण पुष्टी भएपछि पनि अस्पताल लान तीन दिन ढिला गरिएको र उपचार ढिलो पाँउदा ज्यान गएको आफन्तले बताए । अक्सिजनको अभावमा छट्पटाउदै गएका अमरलाई काम गर्ने कम्पनी सम्म पुर्याएपनि एम्बुलेन्स आउन ढिला भएका कारण ज्यान गएको उनका आफन्ती समीर बोहराले जानकारी दिए ।

बोहराका अनुसार हिन्दु परम्परा अनुसार मलेशियामै उनको परिवारको मञ्जुरीनामा पछि अन्त्यष्टी गर्ने काम सकिएको छ । २२ अगष्टमा निधन भएका अमरको आईतबार भावपूर्ण रुपमा अन्त्यष्टी भयो । समीरका अनुसार परिवारकै आग्रहमा लाश भए पनि एक पटक देखाउनु भनेपछि उनीहरुले भिडियो कलबाट अमरको शबलाई देखाईदिए । लाश हेर्न परिवार र आफन्तीहरु घर छेउ बारीमा जम्मा भएका थिए ।

उनीहरु पीडाले छट्पटाए । तर रोएर अमर फर्कने अवस्था थिएन । उनी सदा सदाका लागि मलेशियाको भूमिमै अन्त्य भए । परिवार दर्दनाक बेदनामा बाँचीरहेको छ । उनका आमा, बुवा, श्रीमती, छोरा छोरी पीडित बनेका छन् यतिखेर । बैदेशिक रोजगारीमा जाँदाको यो पीडा अमरलाई मात्र हैन धेरै नेपाली आमा, बुवा दाजुभाई दिदी बहीनीले भोगिरहनु परेको छ ।