एमसीसीको बिरोध गर्नेलाई सिधै जेल हाल्ने देउवा सरकारको चेतावनी

जागृति खबर संवाददाता

काठमाडौं, १९ भाद्र ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अमेरिकी सरकार एमसीसीको नामै नलिइ त्यसको बिरोध गरे सीधै जेल हाल्ने चेतावनी दिएका हुन । विज्ञप्तिमा बिरोधीहरू माथि सरकारले सूक्ष्म निगरानी गरिरहेको पनि बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रहरूको सम्बन्धमा नै आँच आउने कुनै पनि गतिबिधि नगर्न नगराउन मन्त्रालय अनुरोध गर्दछ । त्यस्ता अभिव्यक्ति र गतिबिधिको मन्त्रालयले सूक्ष्म रूपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिबिधि गर्ने उपर प्रचलित कानुन बमोजिम कडा कारबाही समेत गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

नेपाली युवा जयसिंह धामी तुइनबाट तर्नेक्रममा तुइन नै काटेर धामीको हत्या गर्ने एसएसबीको बारेमा एक शब्द नबोल्ने र उल्टै समाचार नलेख्न आदेश जारी गर्ने सरकारले फेरि एमसीसीको बारेमा चेतावनीयुक्त विज्ञप्ति जारी गरेको हो ।

अमेरिकी सरकार र एमसीसी परियोजनाका बारेमा नामै नलिइ धम्कीपूर्ण भाषामा लेखिएको विज्ञप्तिमा धेरै चासो जनाएका छन। सरकारले विज्ञप्ति निकाल्नु केहीदिन यता एमसीसीको बारेमा चाैतर्फी बिरोध भैरहेको छ । नागरिकहरूले सामाजिक सञ्जालमा गो ब्याक एमसीसीको नारा घन्काउन थालेका छन ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रता र व्यक्ति स्वतन्त्रता समेत कुण्ठित गर्ने गरी गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिका विषयमा विगतमा नागरिक समाज र नागरिक अधिकारको गफ दिँदै सडकमा निस्कने कथित नागरिक समाजका सदस्यहरूले केही प्रतिक्रया दिएका छैनन् ।

देउवा सरकारले हालै चीनसँगको सीमा विवादबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिबको संयोजकत्वमा एक समिति बनाएको छ । सरकारले हुम्लाको नाम्खा गाउँपालिकादेखि हिल्सासम्मको सीमा विवादबारे अध्ययन गर्न समिति बनाएको छ । यही विषयमा पूर्वप्रधानमन्त्री ओलीले प्रतिक्रिया दिँदै सीमा विवाद नरहेको ठोकुवा गरेका हुन् ।

माधव नेपाल र बामदेवको आलोचना

ओलीले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल र एमाले परित्यागको घोषणा गरेका बामदेव गौतमको पनि आलोचना गरे । नेता नेपालले प्रधानमन्त्री हुन राजालाई दाम चढाएको भन्दै उनले भने, ‘सुन्दा पनि बेइज्जत, कहिले ‘प्रधानमन्त्री हुन पाइन्छ कि भनेर वरिपरि परिक्रमा गरेर दाम चढाएर पनि ढोगेको छ । कहिले हुलाकबाट निवेदन पठाएजस्तो पत्र मञ्जुषामा प्रधानमन्त्री हुन पाउँ भन्ने निवेदन पनि हालेको छ ।’

२०६४ सालको संविधानसभा निर्वाचनमा २४० सिटमा एमालेलाई ३३ सिटमा सीमित गरेपछि मुख देखाउन नसक्ने स्थिति भयो भनेर पार्टीबाट राजीनामा गरेको, तर अहिले यो पुगेन, त्यो पुगेन भनेर विवाद झिकेको उनको आरोप छ । ओलीले अघि भने, ‘हाम्रा घरका बिरालाहरु शेरबहादुर देउवाको घरमा देखिन्छन् । दूधभात खान पाइन्छ भनेर म्याउ गरेर गएछन् ।’

गौतमलाई भने उपप्रधानमन्त्री हुन आफूलाई गाली गर्दै एमाले छाडेको आरोप लगाए । ‘कसैलाई उपप्रधानमन्त्री हुनु मन लाग्यो भने निवेदन के व्यहोरामा हाल्छन् भने तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, तपाईं केपी शर्मा ओलीले पार्टीले भनेको मान्नुभएन, हामीलाई सम्मान गर्नुभएन । त्यसकारण तपाईंको पार्टी छोडेँ,’ गौतमको नाम नलिई उनले भने, ‘उपप्रधानमन्त्री हुन पाऊँ भनेर उतातिर भने हुन्छ नि, केपी शर्मा ओलीलाई गाली किन गर्ने ?’

थकाई मार्न हिँडे- आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै सम्बोधन सुरु गरेका एमाले अध्यक्ष ओलीले विट मार्दा पनि त्यहीँ पुगे । धेरै नै थकित भएर ज्वरो आएको भन्दै उनले भनेका छन्, ‘मैले एक दुई दिन चाहिँ धेरै थकित नहुनु पर्नेछ । अलि थकाई मार्नुपर्छ भन्ने डाक्टरको सल्लाह छ । म यहाँहरुसँग विदा लिन्छु र अहिलेलाई थकाई मार्न हिँडेँ ।