२८ यात्रु सवार बस दुर्घटनाग्रस्त, १५ जना घाइते, कसरी भयो दुर्घटना ?

जागृति खबर संवाददाता

काठमाडौं, १८ भाद्र ।

सल्यानको कपुरकोट सोलावाङ्गमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दाङबाट रुकुम पश्चिमका लागि जाँदै गरेको रा १ ख १७९२ बस सल्यान कपुरकोट ३ मा दुर्घटनाग्रस्त भएको हो । गाडी दुर्घटना हुँदा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लागि राप्ती क्षेत्रीय अस्पताल दाङ पठाइएको छ । कपुरकोट प्रहरी चौकीका इन्चार्ज यामबहादुर बस्नेतले यस्को पुष्टि गर्नुभयो । उहाँका अनुसार गाडीमा २८ यात्रु सवार रहेका थिए । घाइतेहरूको थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडकको भित्तामा ठो’क्कि’एर ब’स दुर्घ’टना भएको सल्यान प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको पनि जिल्ला प्रहरी कार्यलय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिनुभयो । उद्धारका लागि प्रहरी टोली त्यहाँ पुगिसकेको उहाँको भनाई छ । घाइतेहरूको थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । फाईल तस्बिर