मलेसियामा रामेछापका पूर्णलालले आफु चडेको बसको सिटमै प्राण त्यागे

जागृति खबर संवाददाता

क्वालालम्पुर,१८ भाद्र ।

मलेसियामा एक मजदुरको गाडिको सिटमा वसेकै ठाउँमा मृत्यु भएको छ । रामेछाप जिल्लाको खाडँदेवि गाउँपालिका वडा न २ का ३३ वर्षका पुर्णलाल मोक्तानको शुक्रवार विहान मृत्यु भएको हो ।

मलेसियाको मेरुमा रहेको टवग्लोव कम्पनीमा कार्यरत रहेका मोक्तान विहिवारको नाईट डिउटी गरेर शुक्रवार विहान कम्पनीको गाडिमा पेतालिनजयामा रहेको होस्टल तर्फ फर्कदै गर्दा वसको सिटमै मृत्यु भएको हो।

गाडिको सिटमा वसेर होस्टलमा आईरहेको अवस्थामा उनले समातेको फोन खसेको थियो । फोन खसेको अन्य साथीहरुले देखेपछि मोक्तानलाई हेलो हेलो फोन खस्यो भनेर उठाउन खोजे तर उनले केहि जवाफ नदिएपछी हेर्दा बसेकै सिटमा प्राण त्यागिसकेका थिए’संगैका साथीले’भने ।

अर्का साथिले निदाईरहेका होलान भनेर फोन टिपेर दिदा हलचल नगरेपछि ठेलठाल गर्दा पनि हलचल थिएन उनको मृत्यु भईसकेको रहेछ उनले थपे’ मोक्तान ९ वर्षदेखि मलेसियामा कार्यरत रहेका थिए । शवलाई पोस्टमार्टको लागि स्थानिय केलाग अस्पतालमा लगिएको छ ।

उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेन, यस अघि मृतक कुनै पनि रोग बाट ग्रसित नभएको र केहि पनि औषधीहरु प्रयोग नगरेको संगै बस्ने साथीहरुले जानकारी दिए।