पार्टीबाट राजीनामा दिँदै वामदेवले ओलीलाई लगाए यी आरोप – पत्रसहित

जागृति खबर संवाददाता

काठमाडौं, १८ भाद्र ।

एमालेको उपाध्यक्ष पदबाट राजीनामा दिएका वामदेव गौतमले पार्टी अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाएका छन्। उनको राजीनामापत्र पूर्णरुपमा ओलीप्रति लक्षित छ।

ओलीको गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएको गौतमले उल्लेख गरेका छन्। पार्टी अध्यक्षमा निर्वाचित भएपछि ओलीले नवौं राष्ट्रिय महाधिवेसनबाट पारित राजनीतिक कार्यदिशालाई कहिले पनि अबलम्बन नगरेको उनको आरोप छ।

भनेका छन्, ‘तपाईँले गर्नु भएको कामहरुलाई पटक-पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि तपाईले आफूलाई सुधार गर्न सक्नुभएन ।’

जनताको बहुदलीय जनवाद -जबज) तथा मदन भण्डारीको विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नगरेको तथा झण्डै दुई तिहाईको जनादेशलाई लत्याएर दुई पटक संविधान विपरित संसद भंग गरेको गौतमको आरोप छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विाधन र संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’ र ‘सामुहिक नेतृत्व, व्यक्तिगत जिम्मेवारी’लाई पालना नगरेको उनको आरोप छ ।
गौतमले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘तपाईँले आफ्नो स्वेच्छाचारी तथा सर्वसत्तवादी नीति र निर्णय गर्न राष्ट्रपतिलाई समेत दुरुपयोग गर्नुभयो ।