मलेसियामा अगस्टमा मात्रै ११२ नेपालिको मृत्यु, ९६ को कोरनाभाइरस द्वारा ज्यान गयो

जागृति खबर संवाददाता

क्वालालम्पुर, १८ भाद्र ।

मलेसियामा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले ज्यान गुमाउने नेपालीको सङ्ख्यामा अत्याधिक वृद्धि भएको छ। मलेसियामा करिब ३ लाखको हाराहारीमा नेपाली श्रमिकहरु कार्यरत रहेका छ्न। जति उच्च काम गर्ने नेपाली श्रमिकको सङ्ख्या छ्न त्यतिनै यहाँ विभिन्न कारणले ज्यान गुमाउने नेपालीको सङ्ख्या पनि अधिक रहेको मलेसिया स्थित नेपाली दूतावासको तथ्यांकले देखाउछ।

गत अगस्ट महिना भित्र जम्मा ११२ जना नेपाली श्रमिकले विभिन्न कारणले ज्यान गुमाएका छ्न। मलेसिया स्थित नेपाली दूतावासको तथ्यांक अनुसार र डाक्टरको पोस्टमार्टम रिपोर्ट अनुसार ज्यान गुमाउने ११२ जना नेपालीमध्ये ९६ जना नेपालीको मृत्यु कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले भएको पुष्टि भएको छ। जसमध्ये १६ जना नेपालीको मृत्यु हृदयघात (हर्टअट्याक) , सवारी दुर्घटना , अत्याधिक मदिरा सेवन , शरीरमा जटिल रोग लगायतका कारण भएको दूतावासका द्धितिय सचिव तथा सूचना प्रमुख प्रतिक कार्की बताउछन।

यस् तथ्यांकलाई हेर्ने हो भने मलेसियामा पछिल्लो बितेको अगस्ट महिनाभरि दिनहुुँ जसो ३,४ जनाको औसतमा नेपालीको ज्यान गएको प्रष्ट हुन्छ। कोरोना भाईरस सङ्क्रमणले पछिल्लो समय मलेसियामा नेपाली संगै स्थानीय नागरिकहरुको समेत ज्यान जाने लहरनै चलेको छ”उनले भने। हालको अवस्थमा विभिन्न कम्पनिमा कार्यरत रहेका नेपाली श्रमिकहरुले विशेष सुरक्षा, सतर्कता अपनाउनु पर्ने छ। खानपिनमा पनि विशेष ध्यान दिनपर्छ कार्किले थपे।

अतिआवश्यक काम बाहेक अनावश्यक रुपमा जथाभावी यातायातमा हिलडुल गर्न र कोहि कोरोना संक्रमित भएर क्वारेन्टाइनमा बसिराखेका छन भने क्वारेन्टाइनको पुर्ण पालना गर्न तथा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पुर्ण पालना गरे आउन सक्ने जोखिम लाई न्यूनीकरण गर्न सकिने उनको दाबी छ। मलेसियामा कोरोना भाइरस वा अन्य कुनै कारणबस स्वास्थ्यमा गडबडी भए रोजगारदाता कम्पनी तत्काल खबर गर्न आग्रह गरे।

कुनै रोजगार दाताले उपचार गर्न नमानेको खण्डमा दूतावासलाई फोन अथवा ईमेल गरेर अनिवार्य जानकारी गराए त्यस्ता रोजगारदाता उपर कानुनी प्रक्रिया अनुसार एक्सन लिने र सकेको सहयोग गर्ने बताए।