घरका कोठामा बत्ती बाल्ने क्रमममा करेन्ट लागेर एक पुरुषको मृत्यु

जागृति खबर संवाददाता

काठमाडौं, १८ भाद्र ।

दाङमा करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनले घरका कोठामा बत्ती बाल्ने क्रमममा डाँगीलाई करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको बताए ।

काठमाडौं । नेपाली बजारमा बिहिबार पनि सुनको मूल्य घटेको छ ।

बुधबार तोलामा ९१ हजार मा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८ सयमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाउको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ३ सय रहेको जनाइएको छ ।

त्यस्तैगरी आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य १२९५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२०५ कायम गरिएको महासंघले जनाएको छ ।