प्रेम प्रस्ताव राख्ने युवकको लिस्ट लामै छ : केकी अधिकारी

जागृति खबर संवाददाता

काठमाडौं ।

अभिनेत्री निर्माताको छवि बनेको छ फिल्म क्षेत्रमा केकी अधिकारीको।टेलिभिजनको डान्स रियालिटी शो हुँदै म्युजिक भिडियो र फिल्म अभिनयमा प्रवेश गरेकी उनले एक फिल्म निर्माण समेत गरिसकेकी छन् ।

पछिल्लो समय कमेडी रियालिटी शो कमेडी च्याम्पियन निर्माण गरिरहेकी केकी विवादरहित अभिनेत्री पनि हुन् ।नृत्यमा समेत पोख्न उनी अविवाहित छिन् ।

अहिले तत्कालै उनको विवाह गर्ने कुनै योजना पनि रहेको छैन।तर, हरहमेसा उनले मिडिया होस् वा दर्शकको एउटै प्रश्नको सामना गर्नुपर्दछ।विवाह कहिले गर्ने ?

सायद, त्यसैले होला उनले अचेल आफुलाई विवाहदेखि डर लाग्न थालेको बताउन थालेकी छन् ।केही दिन अगाडि पनि उनले फ्यानसँगको प्रश्नमा विवाहदेखि डर लाग्न थालेको बताएकी हुन् ।

फ्यानसँगको प्रश्न र जवाफ उनले आफ्नो युट्युव च्यानलमा समेत राखेकी छन् ।जसमा उनले केही फ्यानका प्रश्नको जवाफ समेत दिएकी छन् ।

जसमा एक फ्यानले उनलाई बिहे गरम गरम लाग्दैन ?भनेर समेत प्रश्न गरेका छन् ।जसको जवाफ उनले हाँस्दै भनेकी छन् बिहे गरम गरम त कसैलाई हुन्छ जस्तो मलाई लाग्दैन।

बिहे गरम गरम लागेर गरेका होइनन् होला।बिहे नगरम नगरम पनि मलाई भएको छैन।

सोही प्रश्नको जवाफमा उनले आफूलाई प्रेम प्रस्ताव राख्ने युवकहरुको लिस्ट समेत लामै भएको बताएकी छन् ।