कतार प्रहरीमा १० हजार नेपाली भर्ना लिइने, तलब ६ हजार रियाल बढी..

जागृति खबर संवाददाता

काठमाडौं, १७ भाद्र ।

कतार प्रहरीका लागि बहू चर्चित मागपत्र प्रमाणीकरण शुरु भएको छ । त्यो संगै कतार प्रहरीको चर्चाले अहिले प्रमुख प्राथमिकता पाएको छ ।

कतार प्रहरीमा जान इच्छुक तथा अन्य सर्वसाधारणलाई समेत उत्सुकताको एउटा बिषय भनेको कतार प्रहरीमा नेपालीले कति तलब र अन्य सुबिधा प्राप्त गर्छन् भन्ने रहेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारको दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले राजधानीको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपाल प्रा.लि. बाट पेश भएको उक्त माग पत्र प्रमाणीकरण गरेको दूतावास श्रोतले बतायो ।

उक्त मागपत्र आइतबार नै अनलाइन मार्फÞत ताहचलस्थित बैदेशिक रोजगार कार्यालयीन पेश भएको र सो मागपत्रले पूर्व स्वीकृति पाएको पनि मन्त्रालयको आर्को श्रोतले बतायो ।

स्रोतका अनुसार कतारले नेपालीलाई कतार प्रहरीमा भर्ना पछि कम्तीमा ६ हजार रियाल तलव दिने छ भने अन्य सेवा र सुबिधा समेत राम्रो हुने छ ।

त्यस्तै कतार सरकारले कतार प्रहरीमा करिब १० हजार नेपाली कतार प्रहरीको सहयोगीका रुपमा भर्ना गर्न चाहेको समेत सार्वजनिक भएको छ ।

यसअघि सरकारको अनुमति बिना यसअघि गत फागुनमा पनि केही म्यानपावर कम्पनीहरुले ठूलो रकम उठाएर कामदार छनोट गर्न अन्तर्वार्ता गरेको विषय बिबादमा आए पछि वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा छा’पा मारी का’रबाही गरेको थियो ।