आज पनि घट्यो सुनको मूल्य

जागृति खबर संवाददाता

काठमाडौं, १७ भाद्र ।

विहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घट्दा चाँदीको १० रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै, यता चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत बुधबार बजारमा चाँदी तोलामा १० रुपैयाँले नै सस्तिँदै एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

लगानीका क्षेत्रमा खुम्चिँदा शेयरमा लगानी

खासगरी, २०७६ सालदेखि विश्वव्यापीरुपमा कोरोना महामारी फैलिएपछि गरिएको लकडाउनले सबै क्षेत्र ठप्प बन्यो । जसले, लगानीका सबै क्षेत्र बन्द भए र शेयर बजार खुलिरह्यो । लकडाउनको समयमा रियल स्टेट, ठेकेदार, व्यापारी, उद्योगीको सबै क्षेत्र बन्द भए । जसले लगानीको क्षेत्र खुम्चियो र शेयरमा पैसा खनियो ।

जसले बजारमा अत्यधिक शेयरको माग सृजना गरायो र मूल्य बढाउन सहयोग पुग्यो । सबै क्षेत्रको पैसा एकै ठाउँमा आएर थन्किँदा बजारले दिनदिनै नयाँ नयाँ कीर्तिमान कायम गर्दै गएको भट्टराईले बताए । यहीकारण २०७७ सालको पुससम्म पनि मुस्किलले दैनिक ३ अर्ब रुपैयाँको कारोबार हुने शेयर बजारमा अहिले दैनिक २१ अर्बसम्मको कारोबार कीर्तिमान बनेको छ ।

यस अवधिमा नेपालका वाणिज्य बैङ्कहरूले समेत शेयर बजारमा लगानी गरेर नाफा आर्जन गरेका छन् । वाणिज्य बैङ्कहरूको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६३ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएका छन् । नेप्सेमा सूचीकृत २७ कम्पनीहरूले गत वर्ष कमाएको नाफा अघिल्लो वर्षको भन्दा २० प्रतिशतले बढी हो । अघिल्लो वर्षमा नाफा खुम्चिएका बैङ्कहरूले यो वर्ष भने शेयरमा लगानी गर्दा मनग्ये आम्दानी गरेका हुन् । यसैगरी, यस अवधिमा फाइनान्स र विकास बैङ्कले पनि शेयरमा लगानी गरेर नाफा आर्जन गरेका छन् ।