मलेसियाको पुडुमा छापा,वेश्यावृतिमा संलग्न १२ जना पक्राउ

जागृति खबर संवाददाता

काठमाडौं, १७ भाद्र ।

मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको पुडुमा छापा हानेर केहि विदेशिहरुलाई पक्राउ गरेको छ ।

मलेसियाको हटस्पटको रुपमा लिइने उक्त होटलमा वेश्यावृतीमा संम्लग्न भएकाहरुलाई पक्राउ गरिएको जनाएको छ । वारम्वार छापा हान्दापनि कुनै परिवर्तन नआएको भन्दै फेरी पनि छापामा पाचँजना भियतनामि महिला र सात जना वंगलादेशिलाई पक्राउ गरिएको त्यहाको अध्गागमन विभागले जनाएको छ ।

यसैगरी पुचोगमा दिउसो छापा हानिएको र त्यहाँवाट १२ जना पक्राउ परेका थिए ।उनीहरुको कुन देशका थिए कुनै खुलाईएको छैन । यसैगरी साईवरजयाको एउटा क्लवमा पनि छापा मार्दा त्यहावाट भाग्न खोज्दा एक ब्यक्ति पोखरीमा परेका थिए । पोखरीमै हामफालेर समातिएको छ ।

पक्राउ परेकाहरुलाई सिमोनिया डिपोमा राखिएको र आवश्यक कार्वाहि गरिने वताईएको छ ।

मलेसियामा १८७६२ सक्रमित थपिए २७८ को मृत्यु

मलेसियामा आज १८७६२ जना कोरोनाका नयाँ सक्रमित थपिएका छन ।

यो सगै सक्रमित हुनेको सख्या १७ लाख ६५ हजार १६ पुगेको छ । आज थप २७८ जनाको मृत्यु भएको छ । यो सगै मृत्यु हुनेको सख्या १६९४० पुगेको छ ।
आज २१हजार ७३ जना सक्रमणमुक्त भएका छन । यो सगै सक्रमणमुक्त हुनेको सख्या १४ लाख ८२ हजार ८०० पुगेको छ । अहिले मलेसियामा २लाख ६५ हजार सक्रिय सक्रमितहरु रहेका छन जसमध्ये २५८९ जनाको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ ।