अब प्रधानमन्त्री देउवाबाट देश चल्दैन, माधवलाई प्रधानमन्त्री बनाउछौँ : प्रचण्ड

जागृति खबर संवाददाता

काठमाडौं, १७ भाद्र ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीनै देशमा पहिलो पार्टी भएर नआउँने बेलामा देश यस्तै भइरहने र अहिले बनेको देउवा सरकार बाट केही नचल्ने निष्कर्ष निकालेका छन् ।

आफुलाई राजनितीको माहिर खेलाडी ठान्ने र नेपालको राजनिती आफ्नै वरिपरी घुमिरहेको छ भन्ठान्ने प्रचण्डले अहिलेको परमादेश बाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकार बाट पनि पार नलाग्ने निचोडमा उनि पुगेका छन् ।

सर्लाही-काठमाडौं सम्पर्क समितिले राजधानीमा सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ। यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।

माओवादी फेरि एक नम्बर पार्टी नभइ देशमा राजनीतिक स्थायित्व र विकास नहुने दावी गर्दै प्रचण्डले अभियान लिएर गाउँ(गाउँ जान कार्यकर्तालाई आग्रह पनि गरे । ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उनले भने, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।

सरकारलाई पूर्णता दिने विषयमा आज पनि छलफल भएको बताउँदै उनले भोलि पनि बसेर यसबारेमा ठोस कुरा हुने जानकारी दिए । प्रचण्डले छिट्टै प्रदेश १ को सरकार ढल्ने बताएका छन् ।