उपत्यकाको जारी निषेधाज्ञा आज सकिँदै, तीन सीडीओको बैठक यस्तो छ नयाँ निर्कर्ष

जागृति खबर संवाददाता

काठमाडौं, १६ भाद्र ।

काठमाडौं –जारी निषेधाज्ञाको समीक्षा गरी आगामी रणनीतिबारे छलफल गर्न उपत्यकाका तीनै जिल्ला ९ काठमाडौं, ललितपुर तथा भक्तपुरका० का सीडीओहरुको बैठक बस्दै छ।

बैठक आज दिउँसो १ बजे बस्ने बताइएको छ । बैठकले उपत्यकाको विद्यालय सञ्चालनको मापदण्ड बनाउने बताइएको छ । यसअघि जारी निषेधाज्ञा आज सकिँदै छ ।

आजको बैठकले निषेधाज्ञाका यसअघि जारी केही प्रावधानलाई परिमार्जन गर्दै समय थप गर्न सक्ने बताइएको छ । पछिल्लो समय उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय भौतिक रुपमै खोल्न लागेसँगै विद्यालयहरु भौतिक रूपमै खोल्न दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने बताइएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीका कारण सभामुखविरुद्धको मुद्दा आज पनि हेर्न नमिल्ने

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभियोयगसम्बन्धी द्वन्द्वकालीन मुद्दा आज पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले कानून व्यवसायी हुँदा रिट निवेदकको पक्षबाट बहस गरेको हुनाले हेर्न नमिल्नेमा परेको हो । सापकोटाको मुद्दा १० वर्षदेखि अदालतमा विचाराधीन छ ।

काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै पत्नी पूर्णिमाया लामाले सापकोटाविरुद्ध २०६८ सालमा मुद्दा दायर गरेकी थिइन् । द्वन्द्वकालीन घटना भएकाले यो मुद्दालाई सुशीला कार्कीको पालामा संवैधानिक इजलासमा पठाइएको थियो ।