अग्नी सापकोटालाई एकै दिन डबल झड्का, एक्सनमै उत्रिए ओली

जागृति खबर संवाददाता

काठमाडौं, १६ भाद्र ।

समामुख अग्नी प्रसाद सापकोटाको कमद विरुद्ध नेकपा एमाले एक्सनमै उत्रिएको छ । एमालेले सापकोटा विरुद्ध सर्वोच्च आदालतमा मुद्धा नै दायर गरेको छ ।
एमाले अध्यक्ष केपी ओली एक्सनमा उत्रिए पछि सभामुख अग्नी सापकोटालाई एकै दिन डबल झड्का लागेको छ । अदालतले ज्यानमारा केसको फाइल पनि खोलेको छ भने एमालेले कारबाही गरेको १४ सांसदको कारबाहीमा विषयमा सापकोटाले गरेको निर्णय विरुद्ध पनि मुद्धा परेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन्।एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधवार सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन्। निवेदन दर्ता हुन बाँकी छ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसद कारवाही सिफारिसमा रोकेर सभामुखले अधिकारको पालना नगरेकाले उक्त निर्णय विरुद्ध सर्वोच्चमा रिट निवेदन दिएको बताए। रिटमा कारवाही गरेर १४ सांसदलाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ।

एमालेले १४ जनालाई सांसद पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ। सभामुखले अधिकार दुरुपयोग गरेर रोकेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको तर्क छ।

एमालेले १४ सांसदलाई कारवाही गर्ने निर्णय गर्दै पदमुक्त गर्न १ भदौमा संसद सचिवालयमा सिफारिस गरेको थियो। तर सभामुख सापकोटाले कारवाही सिफारिस विचाराधीन राखेर नेकपा ९एकीकृत समाजवादी० दल दर्तापछि १३ भदौमा १४ सांसदलाई कारवाही गर्न नपर्ने निर्णय गरेका थिए।