देउवासँग निकै महंगो मुल्यमा माधवले २२ सांसद बिक्रि गरेको सूर्य थापाको खुलासा

जागृति खबर संवाददाता

काठमाडौँ, १० भदौ ।

एमाले नेता सूर्य थापाले माधव नेपालले २२ सांसदलाई शेरबहादुर देउवासँग निकै मह)गो मुल्यमा बिक्री गरेको खुलासा गर्नुभएको छ । एमाले प्रचार बिभागका उपप्रमुख समेत रहनुभएका नेता थापाले चन्द्रागिरी हिल्स रिशोर्टमा महंगो मुल्य तिरेर माधवले सांसदलाई खसी बोका बनाएको भन्दै सामाजिक सञ्जालमार्फत यस्तो खुलासा गर्नुभएको हो ।

‘कम्युनिष्ट मतदाताको भोटले जितेर श्री शेबदेलाई २२ सांसद महंगो मूल्यमा बेचीवरी पार्टी फुटाउन लागिपरेकाहरू स्वयं चन्द्रागिरी हिल्स रिसोर्टमा दिनरात बिताउने गरी बन्धकमा बस्न जानु गाडीको ब्रेक फेल भएपछि भीरतिर खुरमुरिएकै गतिको उल्टोमति र पतन नै हो,’ सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ ।
यस्तो छ थापाको ठोकुवा

कम्युनिष्ट मतदाताको भोटले जितेर श्री शेबदेलाई २२ सांसद महंगो मूल्यमा बेचीवरी पार्टी फुटाउन लागिपरेकाहरू स्वयं चन्द्रागिरी हिल्स रिसोर्टमा दिनरात बिताउने गरी बन्धकमा बस्न जानु गाडीको ब्रेक फेल भएपछि भीरतिर खुरमुरिएकै गतिको उल्टोमति र पतन नै हो। त्यहाँबाट बडामहाराज पृथ्वीनारायण शाहले उपत्यका जित्न पाए त …! भन्दै नेपाल एकीकरणको संकल्प पो गरेका थिए त ! माधव कु नेपाल उहिले २१ महिना प्रधानमन्त्री हुँदा त्यहाँको बनक्षेत्र विवादास्पद ढंगले चन्द्रागिरी केबुलकारलाई दिएको बिवादले तत्कालीन नं ! दैनिक निकै रंगिएको र पछि शेयरमा सहमति गरिएको भन्ने चर्चा निकै थियो। भालेश्वर मन्दिर पुगेर उपत्यका हेर्ने एकताको लागि हो,जनताको प्रिय पार्टी र मनको ढुकढुकीलाई फुटाउन चाहनेहरूलाई पोखरा र लुम्बिनीका सत्ताका खेलहरूमा जस्तै नेकपा एमालेका शत्रुहरूको लगानीमा यसरी मान्छेका विवेकको थुनछेक गरिनु खेदजनक छ। लज्जाशरणम् ।