स्मारिका ढकाल र विवेक अधिकारीले गरे डिभोर्स

जागृति खबर संवाददाता

काठमाडाैं ।

चर्चित टिकटक स्टार स्मारिका ढकालको वैवाहिक सम्वन्ध टुटेको छ । धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा व्यापक थियो, तर उनले आधिकारिक रुपमा केही बताएकी थिइनन् ।

स्मारिकाका श्रीमान विवेक अधिकारीले हिजो टिकटकमै लाइभ आएर आफूहरुको सम्वन्ध अन्त्य भएको बताए । डिभोर्सको कारण भने उनले खुलाएका छैनन् ।‘अब आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर हामी आपसी समझदारीमा नै छुट्टिएका हौं,’ उनले भने, ‘अहिले पनि एक–अर्कालाई घृणा गर्दैनौं ।
डिभोर्सको चर्चासँगै टिकटकमा स्मारिकाले धेरै नकारात्मक प्रतिक्रियाहरुको पनि सामना गर्नुपरेको थियो । आफू सेलिब्रिटी भइसकेपछि श्रीमानलाई छोडेको आरोप कतिपयले उनलाई लगाएका छन् । विवेकले यो विषयलाई लिएर विषयमा आफ्नी पूर्वपत्नीलाई कुनै प्रकारको लाञ्छना नलगाउन आग्रह गरे ।

‘नाम र पैसा कमाएपछि श्रीमानलाई छोडिस भन्ने जुन आरोप लगाइएको छ, त्यो बिलकुल गलत हो,’ उनले भने, ‘यस्तो गलत आरोप लगाउन बन्द गरिदिनुहोला ।’झापा बुधबारे निवासी स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेम प्लस मागी’ बिहे भएको थियो ।
नजिकै घर भएका दुवैले एक–अर्कालाई मन पराएपछि परिवारको सहमतिमा परम्परागत तवरले विहे भएको हो । विहे गर्दा स्मारिको उमेर १८ वर्षको मात्र थियो । उनीहरुका सन्तान भएका छैनन् ।स्मारिका टिकटकमा हिट बनेकी विवाहपछि हो । कलेज पढाउने श्रीमान र परिवारले आफूलाई टिकटकमा सँधै सपोर्ट गर्ने गरेको स्मारिकले विभिन्न अन्तरवार्तामा बताएकी छन् ।

स्मारिका र समारिकाको जुम्ल्याहा जोडी नेपालमा अत्यधिक रुचाइएको टिकटक सेलिब्रिटीमा पर्छ । स्मारिका दिदी र समारिका बहिनी हुन् । समारिकाको बिहे भएको छैन ।नृत्य र अभिनयमा पोख्त यी दिदीबहिनीकोे फ्यान फलोइङ लोभलाग्दो छ ।स्मारिका ढकालको टिकटक अकाउन्टमा करिब साढे ६ लाख फलोअर्स छन् ।

पछिल्लो समय म्युजिक भिडियोमा पनि यो ट्विन्स जोडी डिमान्डेड छ । छोटो समयमा उनीहरुले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।युट्यूवमा यो जोडले पोस्ट गर्ने सर्ट भिडियोहरु पनि हिट छन् । ‘सिस्टर्स बि लाइक’, ‘देउरानी–जेठानी’, ‘मम्स बि लाइक’ जस्ता कन्सेप्टमा भिडियो बनाएर उनीहरुले चर्चा कमाएका थिए ।

समारिका स्मारिकाको युट्यूव चाइनलमा २ लाख ९४ हजार सब्स्क्राइबर्स छन् ।टिकटकमा लाइभ आएर स्मारिकाका पूर्वपति विवेक अधिकारीले यसो भनेका थिएः म कुनै सेलिब्रिटी नभएर आम मान्छे हुँ । मिडियामा आएर बोल्न मन पनि थिएन । तर, स्मारिका र मेरो सम्बन्धको विषयमा धेरै जनाले जिज्ञासा राख्नुभयो ।

तपाईंहरुको माया र साथले नै उ त्यो ठाउँमा पुगेको हो । अहिले उसलाई टिकटकमा लाइभ आउँदा धेरै ‘एब्यूज’ भएको सुनिरहेको छु । म आफू पनि कोही–कोही बेला हेर्छु । सम्वन्ध तोडिए पनि हेरिन्छ । धेरैले नराम्रो कमेन्ट गर्नुभएको हुन्छ ।पैसा कमाइस, सेलिब्रिटी भइस, अनि बुढा छोडिस भन्ने कुराहरु आएका छन् ।

यो बिलकुल गलत हो । यो कारण होइन । त्यसैले यस्तो इल्जाम लगाइदिन बन्द गरिदिनुस ।मलगायत मेरो परिवारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन । सम्वन्ध तोडिनुमा सबैका आफ्ना पर्सनल प्रोब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन ।सम्वन्ध तोडिएको हो ।

हामी आफ्नै ढंगले आ–आफ्नो करिअर अघि बढाउँ भनेर आपसी समझदारीमा राजीखुशीले छुट्टिएका हौं ।अहिले पनि एक–अर्कालाई घृणा गर्दैनाै‌। उसको पनि करिअर राम्रो होस । भविष्य राम्रो होस । उसले पनि मेरो विषयमा यही चाहन्छ होला सायद ।उसलाई कुनै ब्लेम नलगाइदिनुस ।