माओवादीले ताेक्याे सातवटै प्रदेशमा इन्चार्ज, कुन प्रदेशमा कसलाई के जिम्मेवारी ?

जागृति खबर संवाददाता

काठमाडौं, ६ भदाै ।

नेकपा माओवादी केन्द्रले ७ वटै प्रदेश नेतृत्व टुंगाे लगाएकाे छ । शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकले कार्यविभाजन टुग्याएको हो । आजै सर्कुलर जारी हुने गरी कार्यविभाजन गरेको स्थायी कमिटी सदस्य बर्षमान पुनले जानकारी दिए । माओवादी केन्द्रले ७ वटै प्रदेश र ७७ वटै जिल्लामा नेतृत्व तोकेको छ ।

प्रदेश नं. १मा भने सुरेन्द्र कार्की र सावित्री काफ्ले मध्य कसलाई इन्चार्ज बनाउने टुगीएको छैन । प्रदेश नं. २ मा स्थायी कमिटी सदस्य गणेश शाह इन्चार्ज तोकिएका छन् ।

बागमति प्रदेशमा हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् । गण्डकी प्रदेशमा हितराज पाण्डे इन्चार्ज भएका छन् । लुम्बीनी प्रदेशमा चक्रपाणि खनाल , कर्णाली प्रदेशमा शक्ति बस्नेत इन्चार्ज तोकिएका छन् ।

सुदुरपश्चिम प्रदेमा खगराज भट्ट इन्चार्ज तोकिएका छन् ।

नेता खगराज भट्ट यअसघि प्रदेशको सहइन्चार्ज थिए । सुदूरपश्चिममा प्रदेश अध्यक्षको भने आजको बैठकमा टुंगो लाग्न सकेन । यस विषयमा थप छलफल गरेर भोली नै टुंगो लाग्ने बताइएको छ । एभरेष्टदैनिक बाट साभार