कसले सार्वजनिक गर्यो भाउजु सांसदको चुम्मन तस्विर ?

जागृति खबर संवाददाता

काठमाडौं ,१ भाद्र ।

लुम्बिनीको सरकार हेरफेरका क्रममा सबैभन्दा चर्चामा आएको नाम हो विमला वली । २०७६ मंसिरमा भएको उपनिर्वाचनमा उनी दाङ क्षेत्र नम्बर ३ (ख) बाट विजयी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् ।

२०७५ माघ २४ गते घोराही–लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका उनका पति उत्तर वलीको २०७५ फागुन १० गते उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।

उत्तरकुमारको निधन भएपछि उपनिर्वाचनका लागि तत्कालीन नेकपाले उनकी विधवा पत्नी विमलालाई मैदानमा उठाएको थियो ।विमलाले ५ हजार १०४ मतान्तरले कांग्रेसका उम्मेदवारलाई हराएकी थिइन् ।

कहिले एमाले त कहिले माओवादीतिर लागिरहेकी उनी पछिल्लो पटक साउन १५ मा दाङबाट मुख्यमन्त्री पोखरेलको बुटवल निवास आएर एमालेमै रहेको भन्दै साउन १६ मा विज्ञप्ति नै निकालिन् ।

तर, साउन २१ मा माओवादी दलको कार्यालयमा पुगेर उनले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक मात्रै बनाएको बताइनन् भागेर आएको समेत उल्लेख गरिन् ।

अहिले सांसद विमला वली र वाईसीएल कार्यकर्ता एकराज बस्नेतको ‘निजी’ तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि एमाले र माओवादी पंक्तिमा खैलाबैला मच्चिएको छ ।

बस्नेत स्वयम्को फेसबुक स्टोरीमा देखिएको यो तस्बिर केही समयमा हटाइएको थियो । तस्बिरमा सांसद विमलाले बस्नेतलाई चुम्बन गरेकी छन् । विमलाको सिउँदोमा सिन्दूरसमेत रंगिएको छ ।