एमाले फुट्ने भएपछि माधब र ओलीवीच केन्द्रीय सदस्य तानातान, को कता ?

जागृति खबर संवाददाता

काठमाडौँ, ३२ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते संसद्मा विश्वासको मत लिने दिन संसद् हलबाट बाहिरिएका नेकपा ९एमाले० का सांसदहरु अन्ततः पार्टी अध्यक्ष केपी शर्मा ओलीको कित्तामा उभिने भएका छन् ।

पार्टी एकताको लागि भन्दै विश्वासको मत पनि नदिने र विपक्षमा पनि मत नहाल्ने भन्दै संसद् भवनबाट बाहिरिएका माधव नेपाल पक्षधर सांसदहरु अहिले अध्यक्ष ओलीको कित्तामा उभिएका छन् ।

एमालेनिकट उच्च स्रोतकाअनुसार नेपाल पक्षमा एकताको लागि भन्दा पनि विभाजनको पक्षमा बहुमत सदस्यहरु देखेर उनीहरु अध्यक्ष ओलीको कित्तामा उभिन पुगेका हुन् ।

खासगरी ती सांसदहरुले वरिष्ठ नेता नेपाललाई अध्यक्ष ओलीसँग सहमति गर्नको लागि वार्ता गराउन प्रयासरत थिए ।

तर, नेपालले आफूहरुको भन्दापनि पार्टी विभाजन गरेर जानुपर्छ भन्नेहरुको कुरा बढि सुन्न थालेकोले उनीहरु अहिले नेपाललाई छोडेर ओलीको कित्तामा उभिन पुगेका हुन् ।
वरिष्ठ नेपाल पक्षका सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल , डा। दीपकप्रकाश भट्ट, नारायण खतिवडार राजबहादुर बुढालगायत सांसदहरुले अहिले नेपालको साथ छोडेको बुझिएको छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन ओली क्याम्प परिवर्तन गरेर नेता नेपालको क्याम्पमा आएका सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, हिरा केसी, बिना बुढाथोकी र समिना हुसेन नेपाल समूहमा बढि हाबी भएपछि नेपाल पक्षका हस्तीहरु विस्तार नेपालको साथ छोडेर ओली क्याम्पमा उभिन पुगेका छन् ।

अहिले सुरेन्द्र पाण्डे र भीम आचार्य भने नयाँ दिल्लीमा उपचरार्थ वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न गएका छन् । उनीहरु काठमाडौं फर्किनेबित्तिकै एमाले एकता वा विभाजन प्रष्ट हुने बुझिएको छ ।

नेता नेपालले एकताको लागि हरसम्भव प्रयास गर्दापनि एकता नभए आफू वैकिल्पक बाटो समात्न बाध्य हुने बताउन थालेका छन् । नेता नेपालले नयाँ पार्टी गठन गर्ने संकेत गरिसकेका छन् ।

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको नवौं महाधिवेशनमा हारेका वरिष्ठ नेता माधवकुमार नेपालले बराबरी अधिकारको अध्यक्ष माग्नु लोकतन्त्र मजाक उडाएको बताएका छन्। ज्ञवालीले आफ्नो पार्टीको सरकार ढालेर कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने माधव नेपाललाई अध्यक्ष दिन नसकिने पनि स्पष्ट पारे ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै उनले भने, ‘महाधिवेशनको निर्णय नमान्ने हो भने महाधिवेशनमा भागै किन लिनुभो त रु माधव नेपालले बराबरी अधिकार माग्नु लोकतन्त्र मजाक उडाएको जस्तो हुन्छ ।

पार्टी विधानमा वरिष्ठ नेताका रुपमा जे अधिकार छ, उहाँले त्यो मात्र उपयोग गर्न सक्नुहुन्छ । जसले आफ्नो पार्टीको सरकार ढालेर कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउनेलाई कसरी अध्यक्ष दिन सकिन्छ रु यो विषयमा छलफलै नगरौं ।’

नेता ज्ञवालीले माधव नेपाललाई अध्यक्ष दिने प्रस्ताव ११ सदस्यीय कार्यदलमा कहिले पनि प्रवेश नगरेको जिकिर गरे । उनले थपे, ‘हो,दोस्रो अध्यक्ष दिएर पनि पार्टी एकता हुन्छ भने तयार छु अध्यक्ष ओलीले भन्नुभएको हो ।

तर पछि माधव नेपालले मलाई पदलोलुप देखाउन र बदनाम गराउनका लागि गरिएकाले चाहिँदैन भन्नुभयो । पार्टी भनेको केटाकेटी खेल हो र रु ऋषिजी, तपाईंले प्राइम टेलिभिजन माग्दैमा मलाई दिनुहुन्छ र रु त्यसैले उहाँलाई अध्यक्ष दिन सम्भव छैन ।’

पार्टी एकताको ढोका बन्द नभए पनि एकता हुनेमा आशंका रहेको उनले बताए । उनले भने, ‘एकताको ढोका यता खुला छ, उहाँ अर्कैतिर लगेर हिँड्नुभयो ।

समस्या उहाँमा छ, एमाले बलियो बनाउनेभन्दा गठबन्धन बलियो बनाउने । ओलीभन्दा देउवा र प्रचण्डसँग भेट्ने आदि काम गरिरहनुभएको छ । पिठ्यूँ फर्काएर हिँडेपछि सक्किगो त ।’

पार्टी २०७५ जेठ २ मा फर्केकाले नेताहरु पुरानै जिम्मेवारीमा नफर्के पर्खिएर बस्न नसक्ने उनले बताए । उनले थपे, ‘हामीले स्थायी कमिटीका ११ जना नेताको कार्यदलमा केन्द्रीय सदस्यमा १० प्रतिशत मनोनयन गर्ने सहमति पनि गरेका थियौं ।

तर उहाँले गोल पोस्ट चेन्ज गर्दै कहिले दोस्रो अध्यक्ष, कहिले दुई जनाको हस्ताक्षर चल्ने बराबरी अध्यक्ष माग्दै जानुभयो । अब हामी त्यसमा प्रवेश गर्न सक्दैनौं ।’

बाग्मती, कर्णाली, लुम्बिनीमा जस्तो गतिविधि हुने हो भने एकता हुनु र नहुनुमा अर्थ नभएको पनि उनले बताए । उनले भने, ‘हाम्रो ध्यान जनतामा छ । माथिका नेता के गर्नुहुन्छ, त्यो उहाँहरु नै जान्नुहुन्छ । पार्टी एकताको पहल गरिरहनुभएका भीम रावल, भीम आचार्य, सुरेन्द्र पाण्डेको भूमिका सकारात्मक छ ।’

भीम आचार्य र सुरेन्द्र पाण्डेलाई ओलीले दिल्ली नपठाएको पनि उनले बताए । वार्ताटोलीको विघटन भइसकेकाले अब एकताका ओली र माधव नेपालको भेटघाट सम्भव नदेखिएको पनि उनको भनाइ छ ।

उनले भने, ‘माधव नेपालको रुचि केपी भेट्नुभन्दा प्रचण्ड र देउवातिरै छ । तर देउवा र ओलीको भेट हुन्छ भने ओली र माधवको नहोला भन्न सक्दिनँ । तर त्यस्तो भेटघाटको खास अर्थ पनि छैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले दल फुटाउने अध्यादेश ल्याए उनको निधारमा फेरि कलंक लाग्ने चेतावनी दिए । उनले भने, ‘त्यसो गरे राजनीतिमा कोही पनि सफल हुनुहुन्न । लोकतन्त्र नै धरापमा जान्छ । प्रचण्ड त जहाँ टेक्यो, त्यहीँ पहिरो जान्छ ।

उहाँको घोषित सिद्धान्त हरेक ठाउँमा कब्जा या विभाजन होे । कांग्रेसले दुईचार सिट छाडिदियो भने जितेर आउने हो । अन्यथा त्यसको भविष्य छैन ।

मन्त्रिपरिषद् विस्तार किन नभएको होला रु धेरैका जिज्ञासा हो यो । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना वितिसक्दा पनि मन्त्रीपरिषद् विस्तार गर्न नसकेको भन्दै देउवाको चर्को आलोचना भइरहेको छ ।

यही विचमा मन्त्रीपरिषद् विस्तार नहुनुको रहस्य खुलेको छ । संविधानमाथि बारम्बार प्रहार गर्ने राष्ट्रपति विद्यादेवि भण्डारीलाई महाअभियोग लगाएर मात्र मन्त्रीपरिषद् विस्तार गर्ने तयारी थालिएको खुलासा भएका छ । संसद्‍मा दुईतिहाइ बहुमत जुटाएर महाअभियोग लगाउने तयारी छ ।

एमालेको माधवकुमार नेपाल समूहका नेता झलनाथ खनाल भारतमा उपचार गरिरहेकाले उनी नेपाल नआउँदासम्म महाअभियोग प्रस्ताव दर्ता नहुने श्रोतको भनाई छ । खनाललाई राष्ट्रपति बनाएर नेपाल समूहलाई फकाउने रणनीतिमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रणनीति बनाएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रूपमा विश्वासको मत लिँदा १६५ सांसदको समर्थन पाएका थिए । सत्ता गठबन्धनले त्यो मतलाई नघटाइ सकेसम्म दुईतिहाइ पुर्‍याउने रणनीतिमा काम गरिरहेको पाइएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद नारायण खड्काले भने, ‘​हामीले १६५ को समर्थनलाई कायमै राखेर केही बढाउन सकिन्छ कि भनेर तयारी गरिरहेका छौं । सम्भव भएसम्म दुईतिहाइ पुर्‍याऊँ भन्ने तयारी हो ।’

यसरी दुईतिहाइ जुटाउने हो भने प्रमुख प्रतिपक्षी दल एमाले विभाजित हुनुपर्ने हुन्छ । विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत पुग्नुपर्ने अवस्था छ । अहिलेकै अवस्थामा माधव नेपालका लागि यो विकल्प सम्भव देखिन्न । त्यसका लागि कि त थप सांसद आफूतिर तान्नुपर्ने हुन्छ, कि त सरकारले अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरी सहजीकरण गरिदिनुपर्ने हुन्छ ।

अहिले माधव नेपालसँग ३२ जना सांसद छन् । देउवालाई २२ जना सांसदले विश्वासको मत दिएका थिए भने १० जना संसदमा अनुपस्थित भएका थिए । पार्टी फुट्दा माधवको पक्षमा अरु सांसदपनि आउने गठबन्धनका नेताहरुको विश्वास छ ।

देउवालाई १६५ जनाले विश्वासको मत दिएका थिए । त्यसमा १० जना जोडिदा १७५ जना हुन्छ । बाँकी ५ जनालाई फकाउन सकेको खण्डमा राष्ट्रपतिलाई सहजै महाअभियोग लगाउन सकिने काँग्रेस नेताहरुको भनाई छ । अहिले प्रतिनिधि सभामा २७१ जना सांसद छन् । यसको दुईतिहाई १८० हुन्छ ।

जनता समाजवादी पार्टीको मागलाई सम्बोधन गर्न पनि दुईतिहाई बहुमत चाहिने भएकाले नेताहरुले जोडवल गरिरहेका छन् । विशेषगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपाललाई भेटेर यस विषयमा दवाव दिइरहेका छन् ।