कुलमानको विषयलाई लिएर प्रचण्ड र देउवाबीच किन भयो भनाभन ?

जागृति खबर संवाददाता

काठमाडौँ, २७ साउन ।

नेपाल विद्युत विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने विषयमा प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष्पुष्पकमल दाहाल प्रचण्डबीच भनाभन भएको बुझिएको छ । प्रचण्ड तत्काल कुलमानलाई विद्युत प्राधिकरणमा ल्याउने योजनामा थिए भने देउवा तत्काल सो विषयलाई टार्ने मनस्थितीमा थिए ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुषालले कुलमानलाई विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा नियुक्त गर्ने प्रस्ताव पेश गरिन् । उनले हाल रहेका कार्यकारी निर्देशकलाई उचित ब्यवस्थापनको प्रस्ताव पनि लगेकी थिइन् । तर प्रधानमन्त्री देउवाले चासो नदिएका कारण नियुक्तीको निर्णय भएन ।

त्यसको जानकारी पाएका प्रचण्ड तत्काल देउवालाई भेट्न बालुवाटार पुगे । उनीहरुकाबीचमा यो विषयलाई लिएर भनाभन पनि भएको स्रोतले जनाएको छ । । देउवालाई अहिले नै कुलमान घिसिङलाई ल्याएर कुनै ठूलो उपलब्धि हुने नदेखेर उनलाई प्राधिकरण फर्काउने प्रस्तावबारे पछि निर्णयमा पुग्ने मुडमा थिए । तर, प्रचण्ड आफैँ बालुवाटार गएर दबाब दिएपछि कुलमानलाई प्राधिकरणको जिम्मेवारी दिने निर्णय प्रधानमन्त्री देउवा पुगेका हुन् ।

कुलमानका विषयमा कुनै निर्णयबीना बैठक सकिएपछि प्रचण्ड बालुवाटार पुग्दा बैठक सकिएर केही मन्त्रीहरु फर्की सकेका थिए ।तर, प्रचण्ड बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग कुलमानको नियुक्तको किन निर्णय नगरेको भन्दै प्रश्न उठाए । देउवाले कुलमानलाई नियुक्ती गर्नेभन्दा पनि पहिलो प्राथमिकता मन्त्रीपरिषद् विस्तार गर्नु हो भन्दै देउवाले जवाफ दिएका थिए ।

देउवा र प्रचण्ड बीच एकछिन यहि विषय मा भनाभन भयो । तर अन्त्यमा प्रचण्डले प्रधानमन्त्री देउवालाई मनाएर बैठक सकिएपछि उक्त प्रस्तावमा निर्णय गर्न लगाएका थिए । सोमवार अबेर कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ती गर्ने निर्णय भएको भएपनि त्यसबारे सार्वजनिक गरिएन ।