एमसीसी रोक्न दलबलसहित प्रचण्ड मनाङ छिरेको खुलासाः राजनीति नै बन्यो तरंगित !

जागृति खबर संवाददाता

काठमाडौँ, २७ साउन ।

अमेरिकाको सैन्य रणनीति अन्तरणको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रोक्न मनाङमा रणनीति बैठक बसेको तथ्य बाहिरिएपछि राजनीतिमा तरंग पैदा भएको छ । दलबलसहित मनाङ पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी रोक्न आयोजना गरिएको बैठकमा सहभागिता जनाएको खुलासा भएको हो ।

पछिल्लो समय एमसीसी नेपालको संसदबाट पारित गर्न अमेरिकाले दबाब दिइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा सरकार एमसीसी पास गर्नकै लागि अमेरिकाले सेटिङमा प्रधानमन्त्री बनाएको आरोप लागिरहेका बेलामा राजदूत ¥याण्डी बेरीले खुलेरै एमसीसी नेपालको संसदबाट पास गरेरै लागु गर्न पर्ने बताउँदै आएका छन् ।

छिमेकी राष्ट्र चीन यसलाई जसरी पनि रोक्न पर्ने भन्दै आफ्ना गतिविधिहरू अगाडि बढाइरहेको छ । यसका लागि चिनियाँ राजदूत होऊ यान्छीले पनि दौडधुप गरिरहेकी छिन् । उनकै सक्रियतामा मनाङमा गोप्य बैठक बसेको हो ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, माओवादी केन्द्रका स्थायी समिति सदस्य देव गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायत प्रचण्डको सहभागिता छ । चीनको तर्फबाट विदेश मामिला मन्त्रालयका प्रतिनिधिहरू छन् ।

गोप्य श्रोतले दिएको जानकारी अनुसार एमसीसी जसरी पनि अस्वीकार गर्न चीनले प्रस्ताव गरेको छ । एमसीसी रोकेर ‘वान बेल्ड वान रोड’ परियोजनालाई अगाडि बढाउन चीनले जोड गरेको छ । त्यसमा प्रचण्ड सकारात्मक भएको श्रोतको भनाई छ । तर प्रचण्डसहितको टिम बाढी पहिरोको अनुगमन गर्न गएको हल्ला गरिएको छ । पहिरोले अलपत्र परेको मेलम्ची आयोजनाको अवलोकन गर्छ छोडेर मनाङ पुग्नु रहस्य विषय हो ।

असार १ गतेको बाढीपहिराले क्षति पुर्याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरु गएको प्रचण्डको सचिवालयले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षण गरीको उपाय र आवश्यक सहयोगका लागि अध्यक्ष प्रचण्ड, ऊर्जामन्त्री भुसालसँगै पूर्व मन्त्रीद्वय देव गुरुङ र टेकबहादुर गुरुङ, ऊर्जा सचिव, विद्युत् प्राधिकरणका प्रमुखलगायतको टोलीले मनाङमा बाढीपहिराले क्षति पुर्याएका क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ ।

टोलीले मनाङ ङिस्याङ गाउँपालिकाको तिमाङ, चामे गाउँपालिकाको चामे, नासों गाउँपालिकाको दानाक्यु, तिल्चेताललगायतका स्थानको भौतिक क्षति पुगेको संरचनाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

उनीहरुले भौतिक क्षति पुगेको संरचनाको मर्मत तथा सम्भारका सम्बन्धमा सम्बन्धित निकायसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । विद्युत् प्राधिकरण, सिँचाइ, स्वास्थ्य, बस्तीमा पुनर्वासको अवस्थाका बारेमा अवलोकन तथा निरीक्षण र समाधानको उपायका सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

मस्र्याङ्दी नदीमा आएको बाढीपहिराका कारण मनाङ अन्धकारमा रहेकाले लघु जलविद्युत्, विद्युत् प्राधिकरण, सिँचाइ र खानेपानीका सम्बन्धमा छलफल हुने बताइएको छ ।