काठमाडौं उपत्यकामा निषेधाज्ञा भदौ ८ सम्म थप , राति ८ बजेपछि सवारी चलाउन नपाइने !

जागृति खबर संवाददाता

काठमाडौँ, २६ साउन ।

काठमाडौं उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ। मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै राति ८ बजेपछि सबै प्रकारका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो।

अत्यावश्यक सेवाका सवारी भने सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सूचना अधिकारी कल्पना घिमिरेले बताइन्। यसअघि थपिएको निषेधाज्ञा भोलि बुधबार रातिदेखि सकिँदैथियो। को’रोना महामारी बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई १८ लाख अमेरिकी डलर बराबरको अत्यावश्यक औ’षधि र सामग्रीहरु हस्तान्तरण गरेको छ। को-भि’ड – १९ प्रतिकार्यलाई सुदृढ बनाउन सहयोग गरेको संगठनले जनाएको छ। मंगलवार शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पताल टेकुमा आयोजित कार्यक्रममा डब्लुएचओको नेपालस्थित कार्यालयका प्रमुख डाक्टर राजेश संभाजीराव पाण्डवले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सामग्री हस्तान्तरण गरेका हुन्।

डब्लुएचओले २ लाख ५० हजार एम्पल्स डे’क्सामेथाजोन, दुई हजार अक्सिजन कन्सनट्रेटर, २४ सय वटा भेन्चुरी मास्क, करिब पाँच लाख अक्सिजन नसल क्या’नुला, ६ लाख मास्क र पाँच लाख स’र्जिकल ग्लब्ससहितका सामग्रीहरु प्रदान गरेको जनाएको छ।

‘देशमा संक्रमितहरुको संख्या र अस्पतालमा भर्ना हुने बि’रामीहरुको संख्या बढेको अवस्थामा हामीले अत्यावश्यक स्वास्थ्य सामग्रीहरु सहयोग गरेका छौं,’ डा पाण्डवले भने, ‘विश्व स्वास्थ्य संगठनले को-भि’ड-१९ गम्भीर बि’रामीहरुको उपचार र व्यवस्थापनमा सहयोग गर्दै आइरहेको छ र आजको हस्तानतरण कार्यक्रम त्यसको एउटा हिस्सा हो।

महामारीको यो समयमा सहयोग प्रदान गर्नपाउँदा हामी खुसी छौँ’ डा पाण्डवले भने। उक्त स्वास्थ्य समग्रीहरु नेपालभरका सातै प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन शाखा र २८ वटा अस्पतालहरुमा वितरण गरिनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा सामग्रीहरु ढुवानी गर्न यसै साताभित्र सुरु गर्ने बताएको छ।