बैवाहिक बर्षगाठमा यसरी सजिइन अनिता !

जागृति खबर संवाददाता

काठमाडौँ ।

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ ।

टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ ।

कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ । अप्रेसन फेल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दुखि नैछ खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अभावले गर्दा रोकिएको छ ।

भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रोएको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आशुहरुलाई लुकाउनै सकेका थिएनन् । पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन्

किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ । उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

अहिले अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ ।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि छिन् ,

यशै क्रममा अहिले बिनोद र अनिताको बैवाहिक बर्षगाठ परेसगै केक का टेर मनाएको उक्त बर्षगाठको भिडियो एकदमै भाइरल भैरहेको छ।छोरि र बिनोदले निश्चय चाहान्छन् कि अनिता खुसि हुन् र हासुन ,आखिर छोरिले र बिनोदले अनितालाई खुसि बनाउने हर प्रयत्न जो गरिरहेका छन् ।खुसि जति धेरै अनिता हुनसकिन त्यति चाडै उनी निको हुदै जो जानेहुन् ।