देउवालाई ७ पटक प्रधानमन्त्री बन्छन् भन्ने ज्योतिषीले दिए चेतावनी

जागृति खबर संवाददाता

काठमाडौँ, १९ साउन ।

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई ७ पटक प्रधानमन्त्री बन्न सक्छन् भनेर भविष्यवाणी गर्ने ज्योतीषले नागरिक अभियन्ता तथा पत्रकार नारायण वाग्लेलाई चेतावनी दिएका छन् । उनले शास्त्रका कुरा बिचमा ल्याएर राजनीति नगर्न उनलाई चेतावनी दिएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाबारे सात पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका कारण उनी चर्चामा छन् ।

देउवा फेरी प्रधानमन्त्री बनेपछि उनको चर्चा चुलिएको हो । ज्योतिषी सुरेश चन्द्र रिजालले हजारौं बर्षअघि लेखिएका शास्त्रमा रहेर राजनीति नगर्न रिजालले चेतावनी दिएका हुन् । पत्रकार वाग्लेको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले यस्तो चेतावनी दिएका हुन्।

नागरिक अगुवाका रुपमा चिनिएका नारायण वाग्लेज्यूले आईतवार बालुवाटार पुगेर ज्योतिषीलाई सफल देखाउन नेताहरु लागि परेका छन् भन्ने अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हजारौं बर्ष अघि लेखिएका शास्त्रमा रहेर राजनीति नगर्न सम्पूर्ण नागरिक अभियान्ता हरुलाई आग्रह गर्न चाहन्छु।’ उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री ज्योतिषीले बनाइदिएको नभइ ज्योतिष एउटा शक्तिशाली शास्त्र भएको जिकिर गरेका छन्।