१ वर्ष देखि गायब भएका युटुबर भाग्य न्यौपाने कहाँ छन ?

जागृति खबर संवाददाता

काठमाडौँ, १८ साउन ।

अग्लो कद झ्याम दारी पातलो शरीर अनि हल्का कालो बर्णका प्रियपात्र । पुर्बेली लबजमा क्यामेरामा बोलेर लाखौको मनमा बसेका सयौलाई सहयोग गरेका व्यक्ति हुन् युटुबर भाग्य न्यौपाने ।

ताप्लेजुंग मा २०४९ सालमा जन्मिएका भाग्य न्यौपाने आफ्नो कर्मले लाखौको मनमा बसे हजारौलाई सहयोग गरे र धेरैको भाग्य बनाए ।अध्यनका लागि मलेसियामा पुगेका भाग्यलाई नेपाल मै फर्किएर केहि गर्ने आट जाग्यो अनि मलेसियाबाटै शुरु गरे तात्तातो खबर डट कम ।

तात्तातो खबर डट कममा उनले नेपाली समाचारहरु पोस्ट गर्ने थाले ।अनि उनीले निधो गरे अब नेपाल फ़र्किएरै केहि गर्छु।

नेपाल आएपछि शुरुमा हास्यकलाकार किरण केसीको अन्तरबार्ता लिएर ततातो खबर युटुब च्यानलमा सार्बजनिक गरे । त्यो भिडियो खुबै भाइरल भयो ।

पत्रकारितामा कुनै अध्यन नगरेका भाग्य न्यौपानेलाइ योक्षेत्रमा लागि रहन त्यहि भिडियो कोशे ढुंगा साबित भयो ।

सामाजिक सन्जालमा आएको कक्षा 12 सहित सबै तहको परीक्षा स्थगन आएको सुचना गलत भएको भन्दै सबै विधार्थीहरुलाई इक्जामको तयारी गर्न अनुरोध गरिन्छ ।

मलेसियामा अचानक पेट दुखेका नेपालीको उपचार नपाएर मृ’त्यु युट्युबमा अन्तर्वार्ता लिएर उनि सेलिब्रेटी नै बनेका छन ।निरन्तर कर्म गर्दै गएका भाग्य न्यौपानेको भाग्य भने युट्युबले

नै चम्काइदियो। गाउँगाउँ पुगेर लिएका उनका अन्तर्वार्तालाई लाखौँ दर्शकले युट्युबमा हेर्ने गरेका छन् ।