सुष्मा कार्कीले प्रेमीसँग गरिन् इन्गेजमेन्ट

जागृति खबर संवाददाता

सुष्मा कार्कीले प्रेमीसँग गरिन् इन्गेजमेन्ट, लामो समयदेखि प्रेमीसँग सँगै बस्दै आएकी सुष्माले खोलीन् अहिलेसम्म बाहिर नआएको रहस्य, दुवै मिडियामा आएर कुराकानी गर्दै सारालाई पारे छक्छ ।

अर्थमन्त्रालयले नेप्सेसँग पनि सोध्यो स्पष्टीकरण : अर्थमन्त्रालयले नेपाल स्टक एक्चेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतिको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको हाे ।

अर्थमन्त्रालयले साउदले श्रीमतिको नाममा शेयर किनेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो। ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको त्यहाँ नेप्सेसग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य र यर्थाथ के हो?

सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र उपलब्ध गराइ दिनु हुन आदेश अनुसार अनुरोध गरिन्छ,’ अर्थमन्त्रालले सोधेको स्पष्टीकरणमा भनिएको छ । मैलुङ खोलाको आइपीओमा पहिलो दिनमा नै ५ लाख बढीको आवेदन मैलुङ खोला जलविद्युत कम्पनीले बिक्रीमा ल्याएको आइपीओमा पहिलो दिनमा नै ५ लाख बढी आवेदन परेको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार बिहीबार साँझ ५ बजेसम्ममा कम्पनीकाे आइपीओमा ५ लाख ८ हजार ७८२ जना आवेदकबाट ७१ लाख ६४ हजार ३३० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

कम्पनीले बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको छ। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। त्यसपछि बाँकि रहने ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गेरको शेयरमा साउन १८ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा मागअनुसार आवेदन नपरे साउन २८ गतेसम्म म्याद थप हुनेछ।कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउछ।