किन गरिन्छ महिलाहरुको ‘यो’नी’ छेदन ?

जागृति खबर संवाददाता

काठमाण्डौं ।

महिलाको योनि छेदन गर्ने एक निर्दयी संस्कारलाई कानूनी रुपमा प्रतिबन्ध लगाइएपनि अझै पनि विश्वका कतिपय देशहरुमा यो प्रचलन कायमै रहेको छ ।
भारतको एउटा सानो बोहरा मुस्लिम समुदायमा यो कुप्रथा अझै पनि विद्यमान छ । जसका कारण अधिकांश महिला स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छ । बोहरा समुदायका महिलाहरुले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस कुसंस्कारलाई हटाउन विभिन्न अभियान चालेका छन ।

मासुमा रानालभी ७ वर्षकी हुँदा उनकी हजुरअमाले आइसक्रिम र चकलेट किनिदिने प्रलोभन देखाएर घर बाहिर लैजान्छिन् । चकलेट खाने भन्दा उनीमा गदगद हुन्छिन् । ‘म निकै खुसी थिए । तसर्थ उनीसँगै म हिडें, उनी स्मरण गर्छिन् ।

‘हजुरआमाले मलाई एउटा पुरानो र जीर्ण भवनमा पुर्‍याएपछि भने मेरो मनमा चिसो पस्यो । त्यसपछि उनले मलाई एउटा कोठामा लगिन् । मलाई भुइँमा ओछ्याइएको एउटा कार्पेटमा बस्न लगाइयो । तत्कालै मेरो पाइन्ट खोलियो,’ सो घटनाबारे उनी बेलिबिस्तार लगाँउछिन् उनले मेरो हात समाईन भने अर्की महिलाले खुट्टा ।

त्यसपछि उनीहरुले मेरो योनी तन्काएर केही चिज काटे । मलाई खपिनसक्नु पिडा भयो । डरले चिच्चाए । त्यसपछि उनीहरुले काटेको ठाँउमा केही कालो पाउडर छर्किदिए । पाइन्ट लगाइदिए र हजुआमाले मलाई घर लगिन् । ’

यो घटना ठीक ४० वर्ष अगाडिको हो । सो घटना सम्झेर रानालभी अझै पनि दुखित र लज्जाबोध हुन्छिन् । यसै महिना उनी लगायत अन्य पीडित महिला महिलाको गुप्ताङ्ग छेदन (फिमेल जेनिटिय मल्टिलेसन अर्थात एमएमजी) बिरुद्ध अभियानमा संलग्न भएकी छिन् ।

चिकित्सकीय कारण छैन
एफएमजी अन्तर्गत महिलाको यौन अंगलाई आशिक वा पूर्ण रुपमा छेदन गरिन्छ । काट्नुको कुनै चिकित्सकीय कारण छैन् । रानालभीका अनुसार यो संस्कार पूर्ण रुपमा पितृसतात्मक सोचमा आधारित छ । योनिच्छेद गरेपछि महिलाको यौन शक्ति घट्ने र बाहिर केटासँग बरालिंदै नहिड्ने तथा आफ्नो श्रीमानसँग मात्र भक्त भइन्छ भन्ने विश्वासमा यो कुसंस्कारले जरा गाडेको उनको भनाई छ ।

‘महिलाको यौन इच्छा नियन्त्रण गर्नु र उनलाई यौन कार्यमा कम आनन्ददायी बनाउनु यसको मुख्य उदेश्य हो, उनी भन्छिन् ।

कुनैबेला अफ्रिका र मध्येपूर्वका विभिन्न देशहरुमा एफएमजी गरिन्थ्यो । तर, भारत, पाकिस्तान, श्रीलंकामा भने यसलाई निकै गोप्य रुपमा राखियो । यो प्रथा इन्डोनेसियामा अझै पनि विद्यमान रहेको बताइन्छ । ‘यो प्रथा अझै पनि कोरियामा विद्यमान छ । हाम्रो समुदायका कोही पनि मानिसले यसको बारेमा नबोलेकोले यो निच्छेदको कुप्रथा कायमै देखिन्छ ।

यमनको एउटा सिया समूह बोहरा १६ औ शताव्दीतिर भारतमा आएको थियो । उनीहरुले अहिले गुज्रात र महाराष्ट्रमा बसोबास गर्छन् । करिब १० लाख जनसंख्या भएको यो समुदाय आफैमा समुन्नत छ । तापनी उनीहरु यो कुरुती र कुप्र”थाबाट माथि उठ्न सकेका छैनन् । जसका कारण यो समुदायका अधिकांश व्यक्ति शारीरिक र मान’सिक रुपमा अस्वस्थ हुन थालेका छन् ।

कसरी गरिन्छ योनिछेदन ?
योनीछेदन विधि विभिन्न जातीय समूहहरुबीच फरक फरक हुन्छ । जस्तैः योनीको भंगाकुर पत्र र मुन्डलाई हटाइन्छ भने कुनै समुदायले योनी मुखको भित्रि भोगस्ठ (लेबिया) लाई हटाउछन् । मुत्र निकास हुन र मासिक धर्मको समयमा अबरोध नहोस भनेर सानो द्वार राखिएको हुन्छ । सहबास र बच्चा जन्माउँदा योनी आफै खुल्ने बताइन्छ । यस पक्रियाले योनीमा संक्रमण, दीर्घकालिन पीडा र बच्चा जन्माउदा समस्या हुने बताइन्छ । चिकित्सा विज्ञानमा अहिलेसम्म यसको कुनै फाइदा उल्लेख गरिएको छैन । बिबिसिबाट