एमसीसी सम्झौता राष्ट्रहितमा छैन, राष्ट्रघाती छ : भीम रावल

जागृति खबर संवाददाता

काठमाडौं, १५ साउन ।

नेकपा एमालेका सांसद भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गरेर अघि बढेमा राष्ट्रघात हुने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रावलले अहिलेसम्म एमसीसीसँग भएका सम्झौता राष्ट्रहित विपरित, स्वतन्त्रता र सार्वभौमिकताविरुद्ध रहेको बताए ।

‘एमसीसीसँग सम्वन्धित सबै सम्झौता संसदमा पेश गरियोस, सबै सांसदलाई अध्ययन गर्न दिइयोस’ उनले भने, ‘एमसीसीसम्वन्धी सम्झौता राष्ट्रहितमा छैन, त्यसैले सम्झौता गरिनुपर्छ ।’

विगतमा असमान सम्झौताहरु गरेर देश र जनताले लज्जित हुनुपर्ने स्थिति आएको स्मरण गर्दै रावलले सरकारले जिम्मेवार भएर देश हितमा प्रावधानहरु संशोधन गरिनुपर्ने बताए ।

उनले भने, ‘देशको कानुन मिच्ने, भूमि मिच्ने, स्वाभिमान मिच्ने सम्झौता गर्नु हुँदैन । देशलाई एउटा कम्पनीको अधिनमा पुर्याउने काम गर्नु हुँदैन ।