अन्तर्राष्ट्रिय हवाई भाडा दोब्बर महँगो , कामदार मारमा अनुगमन भएन?

जागृति खबर संवाददाता

काठमाडौं, १५ साउन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय उडानको भाडा अनुचितरुपमा बढाइए पनि अनुगमन र नियन्त्रण प्रयास नै नगरेको भन्दै विरोधका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

संघको प्रमुख कर्तव्य सगठनमा आवद्ध सदस्य व्यवसायीहरु र वैदेशिक रोेजगारीमा जाने युवा युवतीहरुको हित संरक्षण गर्नु रहेको भन्दै संघले करिब २ वर्षदेखि वैदेशिक रोजगार व्यवसाय थला परेको र केही समययता कामदारहरु वैदेशिक रोजगारीमा जान थालेको अवस्थामा केही एयरलाइन्स कम्पनीहरुको मिलेमतोमा हवाई भाडा अत्याधिक बढाएको बताएको छ ।

बढाइएको भाडा सम्बन्धमा गठित छानविन समितिले यस विषयमा लामो सयसम्म कुनै प्रतिक्रिया नजनाएको आरोप लगाउँदै संघले अनुचित भाडा नलिन नेपाल सरकारले गरेको निर्णयको गम्भीररुपमा उल्लंघन भएको संघको दाबी छ ।

अनुचित भाडा बढाउँदा व्यवसायी र श्रमिकमाथि दोहन भइरहको भन्दै संघले बिहीबारदेखि नै एयरलाइन्स कम्पनीविरुद्ध विभिन्न विरोधका कार्यक्रम शुरु गर्ने निर्णय गरेको संघका महासचिव सुजितकुमार श्रेष्ठले मध्यान्हलाई बताए ।