गुल्मीको मुसिकोटमा जीप दुर्घटना,३ जनाको मृत्यु

जागृति खबर संवाददाता

गुल्मी , १३ साउन ।

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन । जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेलाइ जिल्ला अस्पताल तर्फ लगिदै छ। सानो बच्चा बेपत्ता भएको बताइएको छ। शव रुखमा झाडिमा अड्किएको र ड्राइभर पनि घाइते भएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदै छ । एकजनाको अवस्था गम्भीर रहेको एसपी भट्टराईले जानकारी दिए ।