प्रधानमन्त्री देउवाले राती २ बजे सम्म रक्सी खाएर गफ दिने र आरजुलाइ कुटने गरेको खुलासा

जागृति खबर संवाददाता

काठमाडौं, ११ साउन ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अदालतमा विदेशी शक्तिको हस्तक्षेप भएकै कारण सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउँने परमादेश जारी गरेको ठोकुवा गरेका छन् । संविधानमा व्यवस्थानै नगरेको कुरालाई आदालतले फैसला गरेको र यो पुरै विदेशी शक्तिको डिजाइनमा भएको विजुक्छको दावी छ ।

ओटीभी नेपाल डटकम सँगको कुराकानीमा अध्यक्ष विजुक्छेले अदालतले आफ्नो गरिमा कायम राख्न नसकेको बताउँदै देउवालाई प्रधानमन्त्री तोक्ने गरि गरेको फैसला प्रति चरम असन्तुष्टि जनाएका छन् ।

राष्ट्रपतिलाई आदेश दिने न्यायाधिश को हारु भन्दै चर्को रुपमा प्रस्तुत भएका विजुक्छेले यसो गर र त्यसो गर भनेर राष्ट्र प्रमुखलाई आदेश दिने अधिकार न्यायाधिशलाई नभएको जिकिर गरे । न्यायाधिशले राष्ट्रपतीलाई आदेश दिने भनेको हाम्रो सार्वभौमिकता माथिको हमला हो विजुक्छेले भनेका छन् ।

ओटीभी नेपाल सँगको कुराकानीकै क्रममा अध्यक्ष विजुक्छेले अमेरिकामा कर्मचारीहरुलाई राष्ट्रपतिको उमेदवारनै बन्न नपाउँने व्यवस्था गरेको कुरा स्मरण गरे ।

कर्मचारीको चाप्लुसी गरेको बानी फेरी प्रधानमन्त्री बनेपछि पनि आफु भन्दा सानो तहको मान्छेसँग पनि निहुरीहाल्ला बनेर त्यहाँ कर्मचारीालाई राष्ट्रपती बन्न दिँदैनन् , केटीलाई आँखा लगाउँला भनेर अविवाहितलाई पनि दिँदैनन्

हाम्रो मा पनि रक्सी खान्छ की खाँदैन भनेर रुल बनाउँनु पर्यो , यहाँ त रक्सी नखाई त नेतै बन्दैन ।

रक्सी नखाने यस्तो पनि नेता हुन्छ भनेर भन्छन् , जसले रातको २ बजे सम्म टन्न रक्सी पिएर गफ दिन सक्छ उही प्रधानमन्त्री छ विजुक्छेले भने ।आरजुलाइ पनि कुटने गरेको उनले बताए ।