देउवा, प्रचण्ड र नेपालविच आलोपालो प्रधानमन्त्री बन्ने गोप्य सहमती भएको खुलाासा

जागृति खबर संवाददाता

काठमाडौं, ११ साउन ।

पूर्व मन्त्री एवं नेकपा एमालेका नेता लालवावु पण्डितले एमाले वरिष्ठ नेता माधव कुमार नेपालको टाउको फुट्ने दिन आउँन सक्ने आँलन गरेका छन् ।पार्टी निर्णयको अवज्ञा गर्दै नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन विश्वासको मत दिने एमाले सांसदहरुले मन्त्री बन्नैका लागी त्यस्तो अपराध गरेको पण्डितले दावी गरे ।

पण्डीतले मन्त्री बन्नकै लागी देउवालाई मत दिएकाहरुले यदि सरकारमा सहभागी नहुने भनेर माधव नेपालले निर्णय गरेमा भोट दिनेहरुलेनै उनको टाउको फुटाउँने दावी गरे । माधव नेपालका मान्छेहरु मन्त्री बन्न दौरासुरुवाल सिलाएर ठिक्क परेको पनि पण्डीतले बताए ।

कुराकानीका क्रममा पूर्वमन्त्री पण्डीतले आफ्नो पार्टीको सरकार ढालेर काग्रेसका सभापतीलाई प्रधानमन्त्री बनाउँनेहरुले आफ्नो घर जलाएर खरानीको व्यापार गर्न हिँडीरहको संज्ञा दिए ।

साथीहरु आफ्नो घर जलाएर खरानीको व्यापारमा रमाएका छन् यसको परिणाम छिट्टै देखीन्छ, केपी ओलीको रिस उहाँहरुले पार्टीँसँग देखाइरहनु भएको छ यसले क्षणिक रुपमा त आनन्द देला तर अहिले उहाँहरुको कदम उहाँहरु स्वयमंलाई निकै महंगो पर्ने छ उनले भने ।

सर्वोच्च अदालतले संसारमै कहिँ नभएको परमादेशबाट प्रधानमन्त्री घोषणा गरेको भन्दै अर्को असन्तुष्टि जनाएका पण्डितले अदालतको काम संविधानको व्याख्या गर्ने हो तर अहिले व्याख्याको नाममा संविधाननै संशोधन गरेको बताए ।

अहिले अदालतले संविधानको भावनालाई मिचेर फैसला गर्दा काग्रेसले स्वागत गर्दै उत्सव मनाइरहको छ सधैभरी यस्तै हुँदैन भोली काग्रेसकै सांसद अरुले लिएर सरकार बनाउँदा काग्रेसको चेत खुल्नेछ हामीलाई अहिले सरकार फेरीएकोमा चिन्ता होइन भोली यो फैसलाले कस्तो प्रभाव पार्छ त्यसको चिन्ता हो । राजनितिक व्यवस्थालाई सँधैका लागी अस्थिर बनाउँने डिजाइन अन्तर्गत यस्तो फैसला आएको छ पण्डीतले भने ।

शेरबहादुर देउवा , प्रचण्ड र माधव नेपालको विचमा आलोपालो प्रधानमन्त्री बन्ने सहमती भएको पनि लालबावुले खुलासा गरेका छन् । प्रधानमन्त्री बन्ने लोभमानै प्रचण्ड र माधव नेपालले कम्युनिष्ट आन्दोलन माथी गद्दारी गरेको उनले बताए । रहस्यको पोको भित्र यस्तो पनि सहमती भएको दावी गर्दै उनले भने तर देउवाले कुनै हालतमा सो सहमती पालना गर्दैनन् र अन्तिममा प्रचण्ड र माधव नेपाल जिल खानेछन् ।

देउवा अहिले कोटेश्वर र खुमलटार धाइरहेका छन् अब उनले धाउँने दिन सकियो उनले प्रचण्ड र माधव बाट जे पाउँनु पर्ने हो पाइसके अब धाउँने पालो माधव र प्रचण्डको हो ।

सत्ता गठबन्धनमा गढबढी सुरु भैसकेको छ धेरै होइन एक महिना पर्खनुस् सबै कुरा क्लियर भइरहाल्छ एक महिनामै पुरै भाँडभैलो हुन्छ प्रचण्डले राखेको प्रस्ताव देउवाले मिल्काउँन थालिसके अहिले खुशी बनाइरहेका प्रचण्ड र माधव नेपालले देउवाले लात होनेको दिन राम्रो सँग देख्छन् पण्डितले भने ।