माधव नेपालमाथि भीम रावलको धोका

जागृति खबर संवाददाता

काठमाडौं, ५ साउन ।

नेकपा एमालेको माधव ननेपाल समूहमा हार्डलाइनर भनेर चिनिने भीम रावल पछिल्लो समय यू टर्न भएका छन् ।

केपी प्रवृत्तिविरुध्द उग्र देखिएका रावल पछिल्लो पटक एक्लै बालुवाटारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्किएपछि ‘यु टर्न’ भएका उनका अभिव्यक्ति र गतिविधिलाई नजिकबाट नियालेका नेताहरु बताउँछन् ।

माधव नेपाल स्रोतका अनुसार वरिष्ठ नेता नेपालसँग निकट भनिएका केही नेतालाई रावलले अध्यक्ष ओलीको निर्देशनअनुसार विश्वासको मतको विपक्षमा मतदान गर्न प्रस्ताव गरेका थिए ।

सबै जसोलाई उनले ‘ल है’ भनी सम्झाउँदै पनि आए । तर उनको प्रस्तावमा अरु सहमत नहुने देखेपछि रावलले तात्तिँदै सांसद पदबाट राजीनामा दिएको निकटस्थहरु बताउँछन् ।

। देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा पेश गरिएको दाबी पत्रमा सही गरेका र अदालतमा परमादेश मागेका भीम रावल, सुरेन्द्र पाण्डे,घनश्याम भुसाललगायतका नेताहरु नै सरकारलाई विश्वासको मत नदिने निश्कर्षमा पुगेपछि नेपाल समूह दुई धारमा विभाजित भएको छ ।

अन्तिम सम्मको हिसाब गर्दा भीम रावल ओलीको तर्फबाट देउवालाई हुन्न भन्ने र घनश्याम भुसालचाहिँ हुन्छ भन्ने गलफत्तीमा पुगेपछि रावल मुर्मुरिएर पद त्याग्ने तहमा पुगे भने भुसालले बरु तटस्थ बस्नेमा अरुलाई सहमत गराए ।

यद्यपि रावलको राजीनामालाई ‘नयाँ फण्डा’ भन्नेहरु पनि छन् । राजीनामा स्वीकृत भैनसकेकाले उनी अन्तिमसम्म त्यसैमा अडिग हुन्छ या ब्याक आउछन् भन्ने कुराले बाँकी धेरै कुराको निर्क्योल गर्ने बताइन्छ ।

नेपाल समूहका अधिकांश नेताहरुको रावलले धोका दिए गुनासो छ । नेपाल स्रोतका अनुसार चैत्र ४ र ५ गतेको समानान्तर भेलाको कन्सेप्ट रावलकै थियो ।

कलंकीको मेघा पार्टी प्यालेसमा नेपालपक्षीय नेताहरुको भेला हुँदा अलग पार्टी घोषणा गरेर जानुको विकल्प नभएको बताउने उनी नै थिए । वडा तहसम्मै समानान्तर कमिटी बनाएर मात्र केन्द्रीय कमिटी बनाउने कि माथिबाट बनाएर तलसम्म जाने भन्नेमा माधव नेपालको प्रस्ताव प्रष्ट नआएको भनेर रावल र घनश्याम भुसालले नै त्यसको ब्याख्या गरेका थिए ।

त्यतिबेला माधव नेपालले ओली प्रवृतिविरुद्ध लडेकाले अहिले छुट्टै पार्टी बनाए एमालेमा हकदावी रहँदैन भन्दा रावलले नमानेको बताउनेहरु पनि छन् ।

२० जना सांसदको सामूहिक राजीनामाको ड्राफ्ट पनि रावलले नै तयार गरेको बताइन्छ । त्यतिबेलाको एउटा बैठकमा उनले आफ्नो ल्यापटप खोलेर राजीनामाको ड्राफ्ट पढेर सुनाएका थिए ।

सांसदहरुको सामूहिक राजीनामाको ड्राफ्ट बनाउने भीम रावल नै हो । चैत ४ र ५ को भेलाबाट निस्केर बालुवाटारको संसदीय दलको बैठकमा जानुपर्छ भन्ने सांसदहरुलाई सिंहदरबारबाट फर्काउने पनि उनी नै थिए ।

बरु हिजोदेखि नै एकै अडानमा रहनेहरु आज पनि त्यहि ठाउँमा छन् । बढी क्रान्तिकारी देखिएका रावलले अध्यक्ष केपी ओलीसँग आफ्नो स्वार्थ मिलेपछि नेपाललाई धोका दिएको देखिन्छ ।

केही दिनअघि भारतीय खुपिया संस्था रअका प्रतिनिधिसभा एमाले नेता विष्णु पौडेलाई साक्षी रखेर रावलले वार्ता गरेको पनि खुलेको छ । रअका प्रतिनिधिबाट रावललाई राजनीतिक भविष्यमा सुनिश्चितता आएपछि उनी यूटर्न भएको बुझिएको छ ।