ओलीलाई झाँक्रीको चेतावनी : अदालत मानहानीको मुद्दा हाल्न नपरोस्

जागृति खबर संवाददाता

काठमाडौं, ५ साउन ।

एमाले माधव पक्षीय केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अदालतको मानहानीमा मुद्दा हाल्ने चेतावनी दिएकी छन् ।

ओली पक्षले केन्द्रीय कमिटी बैठकबाट २२ जना सांसदलाई अनुशासनको कारबाहीका लागि भन्दै सोधेको स्पष्टीकरणको कुनै अर्थ नभएको उनको टिप्पणी छ ।
उनले स्पष्टीकरण नदिइने र जबर्जस्ती कारबाहीको निर्णय गरे अदालतको मानहानीमा मुद्दा हाल्ने चेतावनी दिएकी हुन् । झार्कीसहित एमालेका २२ जना प्रतिनिधि सभा सदस्यले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।

‘त्यो आफैंमा अवैधानिक कमिटी हो, त्यसलाई स्पष्टीकरण सोध्ने अधिकार नै छैन, हामी अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको जवाफ दिँदैनौं’, झाँक्रीले भनिन्, ‘जबर्जस्ती अगाडि बढ्न खोजे भने यो सीधा अदालतको मानहानी हुने विषय हो, हामी मानहानीको मुद्दा हाल्छौं।