माधव नेपालमाथि खनिए ओली, अब एमाले एकता कसरी सम्भव होला ?

जागृति खबर संवाददाता

काठमाडौं, ३० असार ।

अन्ततः सर्वोच्च अदालतको परमादेशले केपी ओली नेतृत्वको सरकार ढलेको छ । सत्तारोहणको तीन वर्ष पाँच महिनापछि केपी ओली बालुवाटारबाट बालकोट पुगेका छन् । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको इन्ट्री भएको छ । बालुवाटारबाट केपी ओली एमालेका युवा कार्यकर्ताको स्कटिङमा बालकोटा पुगेका छन् । ओलीलाई बालकोट पु¥याउन ठूलो एमाले युवा कार्यकर्ताको सहभागिता थियो ।

ओलीले बालकोट पुगेर आफ्ना एमाले कार्यकर्ता तथा शुभेच्छुकहरुलाई संवोधन गर्दै एमालेको सरकार ढाल्ने एमालेकै माधव नेपाल भएको बताए । माधवकुमार नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको उनको भनाइ थियो । नेकपा एमालेका अध्यक्ष ओलीले भने, ‘माधव नेपाल गद्दार हुन्, आत्मालोचना गरेर आए पनि पार्टीमा ठाउँ दिने छैन, माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने ठाउँ नै छैन, अन्य नेताले कमजोरी महसुस गरेर आए पार्टीमा उचित जिम्मेवारी दिनेछु ।’

ओलीले माधव नेपाललाई पार्टीमा ठाउँ नै छैन भनेपछि एमाले विवाद समाधानको लागि बनेको कार्यदलको १० बुँदे निर्णय अन्यौलमा परेको छ । कार्यदलको उक्त निर्णय छायाँमा पर्ने देखिएको छ । ओलीले मंगलबार सिंहदरबारबाट बिदा हुनुपूर्व गरेको सम्बोधनमा नेपालले अराजक र अपराध कर्म गरेको आरोप लगाएपछि एमाले विवाद समाधानमा फेरि ढंगा लागेको छ । एमालेकै सरकार ढालेर विपक्षीको सरकार बनाउन भूमिका खेलेको आरोप नेपाल पक्षमाथि छ। यस्तै एमाले सिध्याउन खोज्नेलाई पार्टीमा ल्याए पनि बलियो कम्युनिस्ट पार्टी नबन्ने बुझाइ ओली पक्षको छ।

अदालतको फैसलापछि नेपाल समूहबाट आएको अभिव्यक्ति, देउवा प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला बधाई दिने माधव नेपाल, देउवाको सपथ ग्रहण समारोहमा नेता नेपालको सहभागिताले अध्यक्ष क्रुद्ध बनेका छन् । सर्वोच्च अदालतको आदेशपछि ओली सत्ताबाट च्यूत भएकोमा माधव नेपालको हर्ष बढाइँ भइरहेको छ, यसका कारण पनि ओली आक्रोशित भइरहेका छन् । दोस्रो तहका नेताको दबाबमा परेर १० बुँदे सहमति गरेको आफूनिकटका नेतालाई माधव नेपालले बताउन थालेका छन् ।

विभिन्न राजनीतिक घटनाक्रमका कारण दुई नेताबीच (माधव र ओली) अब संवादको सम्भावना क्षीण देखिएको छ। योसँगै १० बुँदे सहमति पनि अब अन्यौलमा परेको छ र एमाले पार्टी एकतामा समस्याहरु आउन थालेको छ ।
अदालतको फैसला प्रभावित पारेर एमाले एक भएको देखाउन ओलीले कार्यदलबाट सहमति गराए पनि अदालतको फैसला आइसकेपछि सहमति कार्यान्वयनमा विभिन्न शंका उब्जिएको हो।

ओली निकट एक नेताका अनुसार अदालतको फैसलापछि देउवासँग घाँटी जोडिरहेका माधव नेपालसँग कसरी एकता होला ? अब अब नेपालसँग संवादको सम्भावना क्षीण रहेको छ, माधव नेपाल अब पार्टीमा रहने अवस्था छैन । उनले भने, ‘उहाँका पछिल्ला गतिविधिले झनै शंका पैदा गरिदिएको छ।’

कार्यदलको सहमति कार्यान्वयनमा लैजाने दायित्व ओली र नेपालकै हो। सहमतिपत्रबारे उनीहरुको औपचारिक धारणा आइसकेको छैन। दुई नेताबीच भेटवार्ता पनि भएको छैन। विकसित राजनीतिक घटनाक्रमले उनीहरुबीच तत्काल सहमति हुने देखिएको छैन। शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भइसकेपछि अब उनलाई विश्वासको मत दिन पनि नेपाल पक्ष राजी भइसकेको छ । यस्तो अवस्थामा एकता कसरी सम्भव होला ?

स्वतन्त्र रुपमा कुनै पनि काम गर्न पाउनु सबैभन्दा ठुलाे कुरा हाे जुन राजतन्त्र र राणा कालहरुमा थिएन । केही लेखेकै कारण, केही वालेकै कारण राज्य बाट वर्वरतापुर्वक दमन हुनथ्याे, कति जना राज्य विरुद्द थाेरै वाेल्दा पनि सहिद भए । हाे यि र यस्तै कारणले याे व्ववस्था सही छ । याे व्ववस्था भित्र अब विकास निकास चाहिएकाे छ । अन्य थुप्रै विकृतीहरु छन हटाउनु छ त्याे अलग पाटाे हाे । याे भन्दा उत्तम व्यवस्था प्रत्यक्ष कार्यकारी राष्ट्रपेमुख हुने व्यवस्था हाे जुन प्रचण्डकाे नारा थियाे तर सफल भएकाे छैन । सबैले सफल बनाउन साथ दिनु पर्दछ ।

अहिले जाे सरकारमा छन वा जसले हरेक ठाउँमा ठुला ठुला कुरा गरिरहेका छन उनिहरु राजतन्त्र भएकाे भए राजाकाे जयजयकार गर्दै खुट्टा ढाेग्नु पर्ने थियाे । साँच्चे प्रचण्डले एकपटक आँट नगरेकाे भए सत्तामा रमाइरहेका नेता देखि चर्चित व्यक्तिहरु पनि राजाकाे चाकरी विना एक कदम पनि अघि बढ्न सक्न्र अवस्था हुने थिएन र मन परे पनि नपरे पनि राजाकाे पाउँ पर्नु पर्ने थियाे । याे हेर्दा सामान्य लागे पनि धेरै ठुलाे कुरा हाे ।

गाउँ गाउँमा सरकारी सविधा पुगेकाे छ । हरेक किसिमले पिछडिएका वर्गले राज्यकाे सेवा सविधा लिने कानुन वनेकाे छ । सरकारी तथा गैर सरकारी सबै निकायहरुमा पिछडिएकाे वर्ग, समुदाय, महिला सबैकाे सनिश्चितता गरिएकाे छ । संघियता, समानुपातिक समावेशी सहितकाे संविधान छ । देश त हेर्दा हेर्दै संघिय लाेकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकाे छ ।

के याे जाेक हाे त ? के याे सामान्य दुःखले सम्भव भएकाे हाे त ? के तपाइ हामीले जस्तै चुप लागेर वसेकाे भए यी कुरा सम्भव थिए त ? के यी सबै कुरा प्राप्त गर्नकाे लागि कसैले आँट नगरेकाे भए सम्भव थिए त ?

यी कुरा यति ठुला कुरा हुन कि जुन प्राप्त गर्नकाे लागि हजाराैँकाे रगत वगेकाे छ, हजाराैँ अंगभंग भएका छन र कराेडाैँ नेपालीले ज्यानकाे प्रवाह नगरेर लडेका छन । बेकारमा मानिसहरुले माओववदीले ल्याएकाे व्यवस्थामा टेकेर माओवादीकै कुरा काटिरहेका छन । मानिसहरु साेच्न सकेका छैनन कठाेर कानुन कस्ताे हुन्छ, राज्यकाे निर्मम शाषण कस्ताे हुन्छ भनेर ? राज्य विरुद्द वाेल्न वित्तिकै ज्यान गुमाएका सहिदहरुकाे भने सम्मान गर्छन तर जुन मानिसले राज्य यति स्वतन्त्रता ल्यायाे उसकाे भने अपमान गरिरहेका छन ।

सायद धेरै स्वतन्त्रता भएर हाेला मानिसहरुले मानिस नै चिन्न छाेडेका छन, जसले राम्राे काम गरेका छन उनिहरुकाे अपमान गरेर उनिहरुले नै ल्याइदिएकाे व्यवस्थामा रमाइरहेका छन । बडाे अचम्म लाग्छ, कति वेला त लाग्छ असल मानिसकाे पहिचान गराउन फेरि उहि पुरानै शाषण आए हुन्थ्याे र मानिसहरु राज्यकाे विरुद्द वा समाजका शाषक ठुलाबडाका विरुद्द चुइक्क वाेल्दा पनि जेल नेल भाेग्नुपर्ने यात मृत्यदण्ड भाेग्नुपर्ने निर्मम सत्ताकाे शिकार हुन थाल्थे तव अनि मात्र थाहा हुनेछ स्वतन्त्रता के हाे भनेर ? अहिले त यहाँ गिलासमा मिठाे दुध खाएर दुध दिने गाइकाे अपमान गरे जस्तै भइरहेकाे छ ।

रबी लामिछानेले भनेका छन, जसले यति धेरै अधिकारहरु हामिलाइ दिएकाे छ, आज उसकै विराेध भइरहेकाे छ । साेचे जस्ताे सबै कुरा प्राप्त नभएकाे हाेला, यी कुराहरु प्राप्त गर्न मानिसहरुकाे वलिदान भएकाे हाेला त्याे स्वभाविक हाे परिवर्तन सिटी बजाएर आउने कुरा हाेइन, परिवर्तनले त्याग, तपस्या र वलिदान माग्छ नै । प्रचण्डकाे नेतृत्वमा माओवादीले गरेकाे दश वर्षे जनयुद्द साँच्चै देशका लागि महान काम थियाे । यदि जनयुद्द हुन्नथ्याे भने हामी दाषी भएर वस्नु पर्ने थियाे । नेपाली कांग्रेष, नेकपा एमालेका नेताहरुलाइ त बन्धक बनाएकाे राजतन्त्रले तपाइ हामिलाइ के यतिकै सुख संग बस्न दिन्थ्याे कि के गर्थ्याे हाेला एकपटक कल्पना गर्नुस ।

विराेधकाे नाममा मात्र विराेध गर्ने हाे भने फेरि त्यहि दिन दाेहारिन सक्छन । नेपालमा अहिले जसरी दिनदिनै सामाजिक सेवामा लागेका मानिसहरु सरकारले पक्राउ गरेकाे छ, याे त ति दिनहरुकाे झल्काे दिने सानाे संकेत मात्र हाे । आज राजतन्त्र भकाे भए न त मलाइ तपाइहरुले चिन्नुहुन्थ्याे न त मैले नै यसरी बाेल्न पाउथे । हामी त मानिसकाे नाममा जनावर जस्ताे हुने थियाैँ । यसरी म वाेल्ने जुन शाहस गर्दैछु त्याे वेला भकाे भए म जेल जानु पर्थ्याे यात विभिन्न वहानामा मारिनै सक्थे हाेला । त्यसकारण यति धेरै परिवर्तन कसले गर्याे त एकपटक नेपाली जनताले साेच्न सकेनन भने फेरि त्याे व्यवस्था फर्किदैन भन्न सकिदैन ।

देशमा माओवादी कमजाेर भएकाे वेला कति धेरै अपराधहरु बढेका हुन्छन सबैलाइ थाहा भएकै कुरा हाे । सबैलाइ मेराे अनुराेध छ यहाँ काम गर्ने कालु मकै खाने भालु भनेझैँ भकाे छ । हामिले हाम्राे लागि याेगदान गरेकाे मान्छे चिन्ने प्रयास गराैँ ।

न्युज २४ नेपाल टीभीमा सिधाकुरा जनता संग कार्यक्रम सञ्चालन गरेर देश तथा विदेशमा चर्चित भएका कार्यक्रम प्रस्ताेता रबी लामिछाने हाल ग्यालेक्सी फाेके टेलिभिजनका सञ्चालक हुन । रबी लामिछाने समर्थक र सारा नेपालीलाइ रबि लामिछाने कुन पाटीमा हाेलान, कसकाे समर्थन गर्छन हाेला भनेर सधैँ चासाे हुने गर्छ । याे स्वभाविक पनि छ किनकी उहाँले प्राय सबै नेताकाे विराेध गरेकाे देखिन्छ । रबी लामिछानेकाे भाग्य र भविष्यकाे ढाेका खाेलिदिने अरु काेही नभएर प्रचण्ड नै थिए तर याे कुरा धेरैलाइ थाहा नै छैन ।

रवि लामिछानेले लामाे समयसम्म कार्यक्रम गरेर विश्व रेकर्ड कायम गरेकाे भन्ने कुरा धेरैलाइ थाहा छ तर कसरी कुन कार्यक्रम बाट किर्तिमान कायम गरे भनेर थाहा नहुन सक्छ । एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकाे बेला रबि लामिछानेले “बुद्द वाज वर्न इन नेपाल” शिर्षककाे टक शाे कार्यक्रम मार्फत विश्व किर्तिमान कायम गर्ने अभियान थालेका थिए भने साे कार्क्रमकाे उद्घाटन तत्कालिन प्रधानमन्त्री प्रचण्डले नै गरेका थिए ।

उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रिय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो ।

रबी लामिछाने र प्रचण्डकाे त्याे पुरानाे साइनाे धेरैलाइ थाहा छैन । कार्यक्रम चलाउदा जनताकाे समस्या समाधानकाे लागि सरकार र पाटीका नेता तथा जिम्मेवार निकाय संग कडा रुपमा प्रस्तु भएका लामिछानेले खास नेता वा कसैकाे समर्थन गरेकाे देखिदैन थ्याे । उनकाे कामकाे चाप हाे या पत्रकारीता पेसा नै त्यस्तै भएर हाे तर खुलेर कसैकाे समर्थन गरेकाे सुनिएकाे थिएन तर एक कार्यक्रममा उनले प्रचण्ड र माओवदीका एजेन्टाकाे पुर्ण समर्थन गरेका छन भने उहाँहरुकै एजेन्डामा देश चलिरहेकाे वताएका छन ।

रबी लामिछानेले प्रचण्डकाे चुनावी जिल्ला बागमती प्रदेशकाे चितवन भरतपुरमा गएर प्रचण्ड र जनयुद्दकाे प्रसंशा गरेका हुन । सिधाकुरा जनता संग कार्यक्रम देशका सातै प्रदेश बाट संचालन गर्ने अभियानकै क्रममा वाग्मती प्रदेशकाे चिततन भरतपुर बाट कार्यकम संचालन गर्दै गर्दा स्टुडियाे बाटै साे धारणा राखेका हुन जुन कुरा सारा नेपालीले खुलेर समर्थन गरेका थिए ।

रबि लामिछानेले राखेकाे धारणा जस्ताकाे त्यस्तै यस्ताे छ ।

व्यापारिक केन्द्र, बसाइसराइकाे केन्द्र, उद्याेग, व्यापार, र व्यवसायकाे केन्द्र जस्ता केन्द्रहरु संगै भरतपुर चितवन राजनितिकाे पनि काेन्द्र भएकाे छ । अन्य घटना दुर्घटनाकाे पनि केन्द्र, विवादकाे पनि केन्द्र, भरतपुर चितवनका वारेका जता बाट पनि कुरा सुरु गरेपनि हुन्छ तर आज म सबैभन्दा गार्हाे र गर्हाैगाे विषयमा नै वाेल्ने निर्णयमा पुगेकाे छु लाैजा त ।

नेपाली राजनितिमा पछिल्लाे दुइ दशक अनवरत रुपमा चर्चित नेता प्रचण्डकाे कर्म जिल्ला हाे याे । चितवनमा पढी हुर्केका पुष्प कमल दाहाल प्रचण्ड करिव २० वर्ष देखि नेपाली राजनितिकाे शिखरमा छन, दुइपटक त याे देशकाे प्रधानमन्त्री भैसकेका छन । फेरि एकपटक प्रधामन्त्री भन्ने शुर कसिरहेका छन ।

हरेक राजनितिज्ञकाे सपना हुन्छ कि उ आफुले राजनिती गरेकाे दलकाे शिर्षस्त नेता बनाेस र त्यस दल बाट चुनिएर सरकार प्रमुख सम्मकाे पदमा पुगाेस, पुष्प कमल दाहाल प्रचण्डका ति सबै सपना पुरा भएका छन ।

यति मात्रै हाेइन प्रचण्डकाे चर्चा याे देशमा मात्र सिमित थिएन विश्वभर नै उनकाे फरक फरक ढंगले चर्चा थियाे । यसरी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाउने साैभाग्य याे देशका कमै राजनितिज्ञलाई प्राप्त हुन्छ, एक राजनितिज्ञले देख्ने सारा सपना प्रचण्डले पुरा गरे भन्दा फरक नपर्ला ।

पहिलाे संविधान सभा निर्वाचनमा तेत्राे वहुमत, भुमिगत कालमा राष्ट्रिय अन्रर्राष्ट्रिय चर्चा, हजाराैँ लडाकुहरुकाे साथ, राजनितिकाे केन्द्रमा एकछत्र राज, नेपालकाे मात्रै हाेइन संसारकै कुनै पनि नेताले यति ठुलाे सपना विरलै हासिल गर्ने गर्छन । व्यक्तिगत रुपमा उनका सपना अधुरै रहे जस्ताे लाग्दैन ।

गणतन्त्र, धर्मनिर्पेक्षता, संघियता, समावेशी, लाेकतन्त्र लगायतका सारा एजेन्टालाइ उठान गरि आफ्नै जीवनकालमा कार्यान्वयन भएकाे हेर्न पाउने भाग्यमानी नेता हुन प्रचण्ड ।

बाबुले आफ्नै छाेराछाेरीलाइ जात पर पसल गएर एकमुठाे साग किनेर ल्या भन्द त नाइ जान्न भनेर ओठे जवाफ फर्काउछन भने याे देशका हाजाराै युवाले मुठी बटारेर उनकाे एक वचनमा छातिमा ताताे गाेली खाना तयार हुन्थे । याे विश्वास बाेकेर हिडेकाहरुलाइ याे देशकाे भविष्यका अगाडी आफ्नाे ज्यानकाे मुल्य तुच्छ लाग्थ्याे । मर्न काे डराउथ्याे र आफु मरेर याे देशकाे शुनाैलाे भविष्यकाे रेखा काेरिन्छ भने काेइ बात छैन भनेर राताे र ताताे रगत याे धर्तिमा सुम्पिएका विर शहिदहरुकाे वलिदान के का लागि थियाे ? जे आज हामिले देख्दै छाैँ त्यतिका लागि थियाे त ?

आज म प्रचण्ड जिकाे गाउमा ठाउँमा उभिएर उहाँकाे आलाेचना हाेइन उहाँलाइ केही कुरा स्मरण मात्रै गराउन चाहन्छु । राजाकाे शाषण संग नडराएकाे, टाउकाेकाे मुल्य ताेक्दा पनि टाउकाे नझुकाएकाे, अन्याय नसहने, अत्याचारिकाे त सफाय गर्ने, विभेदकाे जराे उखेल्ने, दुष्कर्मकाे विरुद्द धर्ति हल्लिने गरि संखनाथ गर्ने, गरिव, असहाय, निमुखा वर्गकाे तानाधार, घरवार नभएका, दुइछाक खाना नपुग्ने वर्गका भाग्यविधाता, श्रमिक मजदुर, किसान र सारा विपन्नहरुका आसा, भराेसा र विश्वासकाे त्याे धराेहर प्रचण्ड तपाइ नै हाे ?

अनि परिबन्धमा पारेर प्रधानमन्त्रीले शितल निवास पुर्याएकाे भन्ने निरिह भिजेकाे, हारेकाे थाकेकाे गलेकाे प्रचण्ड पनि तपाइ नै हाे ? कुन चाहि प्रचण्ड रियल हाे अब पनि छुट्टिएन भने समयले इतिहासमा गर्भ गर्दैन, दःख व्यक्त गर्न सक्छ ।

एउटा गरिब किसानकाे छाेराे दुःख गरेर पढ्याे, शिक्षक भयाे, अन्याय अत्याचार सहन नसकेर विद्राेह गर्याे, भुमिगत भयाे, ज्यानकाे बाजि लगायाे, फाल्नुपर्ने सबै व्यवस्था फाल्न अहम भुमिका निभायाे, सर्वहारालाई मुक्ति दिन्छु भन्याे सशस्त्र द्वन्दमा गयाे, मानिसहरु मरे मारियाे, तिस वर्ष भन्दा बढी कठाेर भन्दा कठाेर संघर्ष गरेर उ याे देशकाे सबैभन्दा शक्तिसाली पाटीकाे शिर्षस्त नेता बन्याे, सरकार प्रमुख बन्याे , शक्तिकै केन्द्रमै बस्याे कथा सकियाे ।

तर कथा सकिनु हुन्नथ्याे कथा त सुरु हुनु पर्थ्याे ,हिजाे जाे जसले समानताकाे लागि अग्र माेर्चामा लडे ति मध्य केही सहित भए, बचेकाहरु धेरै मरुभुमिमा पसिना बगाउदै छन । शिर्ष नेतृत्व सबैकाे बन्दाे बस्ता भैसकेकाे छ तर आम लडाकुकाे दुःख जहिकाे त्यहि भयाे, कि त अब व्यवस्था परिवर्तन गरिहालियाे अब म रिटायर हुन्छु भन्नु पर्याे हाेइन भने हिजाे गरेका सबै वाचाहरु सम्झिनै पर्छ ।

केही नेताहरुकाे सपना पुरा गर्नकाे लागि मात्र रगत बगेकाे थिएन भने अझैँ पनि समय छ राजनितिकाे केन्द्रमा जनतालाइ राख्दा तपाइ हुनुभयाे तर आज राजनितिकाे केन्द्रमा ब्फुलाइ राख्दा तपाइलाइ वली नेपाल खनाल गाैतमले घुमाइदिएका छन रिंगटा लाग्ने गरि चेम्पुटे घुमाए जस्ताे ।

बाघ जस्ताे प्रचण्ड कहिले माधव नेपालकाे पछिपछि, कहिले कहिले वामदेवकाे पछिपछि कहिले देउवाकाे पछि, अहिले वलीकाे पछि पछि लागेकाे देखेर हिजाेकाे त्याे प्रचण्डलाइ देख्नेहरु के साेच्दा हुन, अब आफै मुल्यांकन गर्नुहाेला हिजउए तास खेल्नेहरुलाइ मुखमा तास काेच्ने पाटीकाे स’प्रीम कमाण्डर आज काैशिमा बसेर तास खेल्दै गरेकाे फाेटाे निकाल्छन, ठुलाे कुरा त हाेइन याे, तर साेची हेर्नुस त कहाँ जान हिडेकाे मानिस कहाँ पुगे र कहाँ आइपुग्दै हुनुहुन्छ ?

तपाइकाे ठाउँमा आएर डराएर हाेइन कराएर पुरानाे प्रचण्डलाइ विउताउन मात्र खाजेकाे हुँ, मलाइ मेराे पुस्तालाइ यसरी बाेल्ने अधिकार दिन लड्नु भएकाे मा धन्यवाद ।

तपाइकाे एक इसारामा ताताे गाेली थाप्नेहरुकाे रगतका छिटाहरु अझैँ खेतका गराहरुमा भेटिन सक्छन, बारिका काल्नाहरुमा देखिन सक्छन, खेतका आलिमा भेटिन सक्छन, हाे परिवर्तन काेटी हाेम लगाएर आउँदैन, एकाहा, सप्ताहा, नबाहा सत्यनारायणकाे पुजा गरेर आउदैन, परिवर्तनले वलिदान माग्छ तर त्याे वलिदानका औचित्य चाहि समयमै टाइम मै पुष्टि हुनुपर्छ ।

अब त तपाइकाे तपाइका आफ्नाहरुकाे व्यवस्थापन भैसक्याे, सब सेटल भैसके त्यसैले फेरि एकपटक हिजाे विद्राेह गर्दा देखिकाे त्यति खेरकाे प्रचण्डलाई खाेज्न आएकाे छु, जसले आफ्ना टाउकाकाे मुल्य ताेक्दा पनि टाउकाे झुकाएकाे थिएन, अचेल त्याे प्रचण्ड भेटिएकाे छैन रे, देखिएकाे छैन रे । चितवनका केही सडक मार्ग चिल्लाे पारेर जुङगा मुठार्ने प्रचण्ड हाेइन याे देशलाइ नै मार्ग देखाउन सक्ने प्रचण्ड खाेइ हाँ ?

जिस्काएकाे हाेइन विउझाएकाे हाे, कार्यकर्ताले कुनै डरले भन्न नसकेकाे कुरा तपाइकाे घरमा आएर सम्झाएकाे मात्र हु ।

यसरी हुनले प्रचण्ड र माओवादीले सञ्चालन गरेकाे जनयुद्दकाे कदर गर्दै देश ने यसकै वरिपरि रहेकाे वताएका छन । उनले प्रचण्ड संसारकै भाग्यमानी नेताकाे रुपमा व्याख्या गरेका छन ।