प्रचण्ड र बाबुराम पेरिसडाँडामा अंगालो हालेर रोए…..

जागृति खबर संवाददाता

काठमाडौं, ३० असार ।

प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे । भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, क्वाँ क्वाँ रोए ।

भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए । प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा त्यहीँ उपस्थित थिए । शोकाकुल घडीमा देखिएको यस्तो दृश्यलाई कसैले क्यामेरामा कैद गरेन ।

यो दृष्य हो २०७४ मंसिर ३ गते पेरिसडाँडामा प्रचण्ड पुत्र प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्दाको दृष्य ।सर्वाच्च अदालतबाट नेकपा एमाले र माओवादी केन्द्र ब्युतिएपछि माओवादीहरुबीचको एकताको हल्ला निकै चलेको छ । नेताहरुक अनुसार माओवादी नेताहरु एकताका लागि छलफल र बहसमै छन् ।

शान्तिप्रक्रियामा आएसँगै माओवादी नेताहरुको छुट्टाछुट्टै माओवादी पार्टीहरु भएपछि शक्ति कमजोर भएको भन्दै फेरि एकताका लागि कस्सिएका हुन् ।सबै माओवादी पार्टीहरु एक हुनुपर्ने बहस चले पनि पछिल्लो समय माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपाबीचको एकता प्रक्रियाका कुरा भएका छन् ।

माओवादी पार्टी फुटाएर फुटको औचित्य पूरा गर्न नसकेको माओवादीहरु एकताका लागि फेरि कस्सिएका हुन् ।सार्वजनिक कार्यक्रममा सबै माओवादीका नेताहरुले सबै माओवादी पार्टीहरु एकता आवश्यक रहेको बताउने गरे पनि पार्टीको आन्तरिक कार्यक्रमहरुमा भने विचारमा नमिल्दासम्म एकता नहुने बताउँदै आएका छन् ।

माओवादी एकताको कुरा हल्ला मात्रै हो कि साँच्चै एकता हुन लागेको हो त रु ‘एकताको कुरा हल्ला मात्र होइन, साच्चिकै एकता हुन लागेको हो’, वैद्य माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्य भन्छन्– ‘नेताहरुबीचको संवाद जारी छ ।’

वैद्य माओवादी कार्यदिशाप्रति असन्तुष्ट छ । हेटौंडा महाधिवेशनले जनवादी क्रान्ति सम्पन्न भइसकेको ठहर गर्दै समाजवादी क्रान्तिमा लाग्ने ठहर गरेको थियो ।एकताका लागि प्रचण्ड–वैद्य र विप्लवबीच लामो समयदेखि छलफल र संवाद जारी रहेको स्रोतको दाबी छ । https://janadeshkhabar.com/ बाट साभार गरीएको हो ।