अमेरिकामा नेपालीद्धारा नेपालीकै गोली हानी ह त्या

जागृति खबर संवाददाता

काठमाडौं, ३० असार ।

अमेरिकाको न्युजर्सीमा एक नेपालीले आफ्नै सहकर्मीको हत्या गरेका छन्। न्युजर्सीस्थित ग्यास स्टेसनमा सगैकाम गर्ने २३ वर्षीय मिलन घिमिरेले ५६ वर्षीया फु छेवाङको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ।

सोमवार राति उनलाई गोली प्रहार गरिएको प्रहरीले भेटेको थियो। गोली प्रहार गर्ने मिलनलाई ब्रोङ्स प्रहरीले पक्राउ गरेको छ।

मलेसियामा अडकियो ५२ वटा नेपालीको शव,परिवार भन्छन मुख मात्र भएपनि हेर्न पाऊ

मलेसियामा अझ पनि ५२ वटा शव अड्किएका छन् ।

नेपाली जनसम्पर्क समितिले एक हप्ता अगाडि नेपाल सरकार संग शव लैजानको लागि आग्रह गरेको भएपनि शव अझै मलेसियामै अडकिरहेका छन ।
शवलाई लामो समयदेखि घर पठाउन नसकिएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाली राजदूतावासका श्रम काउन्सेलर दिपक ढकालले भने, ‘तर पर्याप्त हवाई उडान हुन नसक्दा घरमा पठाउन सकिएको छैन ।’ मलेसियामा हरेक तीन दिनमा दुईजना नेपालीको मृत्यु हुने गरेको तथ्याक छ ।
ढकालले भने मलेसियामा वाइड बढी जहाजको उडान हुने हो भने शव ढुवानीमा समस्या नहुने भएपनि अहिले न्यारो वडि आईरहेकोले समस्या देखिएको हो ।वाइड बडी जहाजको उडान हुने हो भने एकैचोटि २० २५ वटा शव ढुवानी गर्न मिल्छ । तर, न्यारो बडीको जहाजले दुई तीन वटाभन्दा बढी शव बोक्दैन, उनले भने ।

परिवार भन्छन मुख मात्र भएपनि हेर्न पाऊ

नेपालमा रहेका आफन्तहरुले शव नआईपुग्दा अझ वढि समस्या थपिएको वताउछन । आफुहरु विभिन्न निकायहरुमा धाँउदा धाँउदा क्वाक्क भैसकेको उनीहरुको गुनासो एउटै छ नेपालका सवै निकाय र पार्टिहरु धायौ तर शव आईपुगेन ।

वैदेशिक रोजगारीमा गएका व्यक्तिको निधन भएमा रोजगारदाताको साथै वैदेशिक रोजगार बोर्डले शवको ढुवानी नेपालको घर सम्म पुरयाउने व्यवस्था गर्ने गरेको छ ।