साउदीमा कोरोनाबाट अहिलेसम्मकै धेरै नेपालीको मृत्यु !

जागृति खबर संवाददाता

काठमाडौँ, २९ असार ।

कोरोना भाइरस संक्रमणका कारण साउदी अरबमा एक महिनाको अवधिमा १२ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विगत ४ सातामा उनीहरुको ज्यान गएको हो ।

संघका अनुसार हालसम्म कोरोनाका कारण ४ सय ४७ जनाको मृत्यु भएको छ । यो संख्या विश्वका २८ देशको हो ।

विश्वका ५४ देशमा १ लाख १६ हजार ६० जना नेपाली संक्रमित भएका छन् भने यीमध्ये १ लाख ११ हजार ४७ जना कोरोनामुक्त भएको एनआरएनएले जनाएको छ ।