आइतबारदेखि सबै उडान हुने,कोटा प्रणाली पनि हट्ने

जागृति खबर संवाददाता

काठमाडौँ, २६ असार ।

निषेधाज्ञाका समयमा हवाई उडानमा लगाएको कोटा प्रणाली आगामी आइतबारबाट हट्ने भएको छ । अब आइतबारदेखि आन्तरिक हवाइ सेवा प्रदायकहरुले आश्यकता अनुसारउडान गर्न सक्ने छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि कोटा प्रणाली हटाइएको हो ।

वायुसेवा कम्पनीले देशभर बाढी र पहिरोका कारण सडक यातायात अवरुद्ध भएको र यात्रुको चाप परेको भन्दै उडान संख्या थप्न गरिएको माग सम्बोधन गर्दै कोटा प्रणाली हटाइएको जनाएको छ । सरकारले यसअघि ५० प्रतिशतको सीमा तोकेको थियो । कोरोनाको दोस्रो लहरसँगै सरकारले गरेको निषेधाज्ञापछि बन्द भएको आन्तरिक उडान गत असार १७ गतेदेखि खुलेको थियो ।