मलेसियामा फेरि अर्को नेपाली कामदार मनोज मृ*त्यु

जागृति खबर संवाददाता

काठमाडौँ, २४ असार ।

वैदेशिक रोजगारीमा मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीको मृत्यु भएको छ।

करिब दुई बर्ष पहिले मलेसियाको सिरा अल्फा नामक सेक्युरिटी कम्पनीसंग आवद्ध रहि इपो पेराक भन्ने ठाउँमा सुरक्षागार्डमा काम गर्दै आएका नेपाल सुनसरी झुम्का निवासी ३० वर्षीय मनोज कुमार चौधरीको मृत्यु भएको हो ।

मलेसियाबाट “अवैधानिक श्रमिक” सिधैँ केयलआईए एयरपोर्टमा गैई जरिवाना तिरेर स्वदेश फर्किन मिल्ने

मलेसियामा रहेका नेपालीसंगै अन्य देशको विदेशी अवैधानिक श्रमिकहरुलाई स्वदेश फर्किन सहज हुने भएको छ।

अबदेखि अध्यागमन बिभाग (इमिग्रेशन) को कार्यालय नखुलेपनी अवैधानिक श्रमिकहरु सिधैँ मलेसिया स्थित अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएमा गएर अवैधानिक बसे बापत्तको बिभागले तोकेको जरिवाना रकम तिरेर, फिङ्गरिङ्ग गरेर सजिलै स्वदेश फर्किन पाउने ब्यवस्था मलेसिया सरकार सम्बन्धित निकायले मिलेर गरेकोले स्वदेश फर्किने हरुलाई सजिलो हुने भएको हो।

अध्यागमन बिभागले जनाए अनुसार अबदेखि मलेसियाबाट आ-आफ्नो देश फर्किने अवैधानिक विदेशी श्रमिकहरुले अध्यागमनबाट अनलाइन प्रणाली मार्फत पुर्व स्वीकृति (अपोईन्टमेन्ट) लिन नपर्ने, चेकआउट मेमो निकाल्न नपर्ने , लामो समय कुर्न नपर्ने , अध्यागमन बिभागको कार्यालयमा जान नपर्ने सिधै केयलआईए एयरपोर्टमा गैई स्वदेश फर्किन सकिने जनाएका छ्न।

बिभागले जनाए अनुसार स्वदेश फर्किने श्रमिकको साथमा अनिवार्य रुपमा आफ्नो सक्कली राहदानी अथवा सम्बन्धित देशको मलेसिया स्थित दूतावासले जारी गरेको यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) फोटोकपीको साथमा हुनुपर्ने छ, त्यस्तै अन्य कागजातहरुमा ७२ घण्टा भित्रको कोरोना पिसिआर नेगेटिभ रिपोर्ट बारकोड,क्युआर कोड सहितको , हवाई टिकट लगायतको कागजात हुनुपर्नेछ्न, भने जरिवाना बापत्त बिभागलाई मलेसियन रिंगेट ५ सय आरएम रकम तिर्नुपर्नेछ।