माओवादी छोडेर एमाले प्रवेश गरेका यि ४ नेता किन गए प्रचण्ड विरुद्ध उजुरी दिन ?

जागृति खबर संवाददाता

काठमाडौँ, २३ असार ।

नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका ४ नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उजुरी दिन निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्रले कारवाही गरेका कारण सांसद पद खुस्किएपछि उनीहरु प्रचण्ड विरुद्ध उजुरी लिएर आयोग पुगेका हुन् । उजुरीका लागि आयोग पुग्नेमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी छन् ।

पूर्वमाओवादी टोलीले निर्वाचन आयोगमा आफूहरुमाथिको कारबाही फिर्ताको माग गर्दै निवोदन दर्ता गर्न लागेको उनीहरुले बताएका छन् । आफुहरुलाई कारवाहीको निर्णय गरेको माओवादी केन्द्र नै अवैधानिक भएको उनीहरुको तर्क छ । महाधिवेशन नै नगरेको माओवादी केन्द्रले आफुहरुलाई कारवाही गर्न नसक्ने उनीहरुले बताएका छन् । यस अघि उनीहरुले केही अधिवक्ताहरुसंग पनि यसवारेमा परामर्श गरेका थिए ।

त्यसैगरी केहीदिनभित्रै उनीहरुले सर्वोच्च अदालतमा पनि रिट निवेदन दर्ता गर्ने योजना बनाएका छन् । संसद पुनस्र्थापनाका विषयमा सर्वोच्चको फैसला आएपछि रिट निवेदन दर्ता गर्ने योजना उनीहरुको छ । कानुनअनुसार गर्नुपर्ने माओवादीको महाधिवेशन अहिलेसम्म भएको छैन । नयाँ नामको पार्टी दर्तापनि नभएको बेलामा आफुहरुलाई कारवाही गरिएका कारण त्यो वैधानिक नभएको नेता प्रभु साहले बताएका छन् ।