नेपाल जादै हुनुहुन्छ ? नभुल्नु होस् यी कुराहरू !

जागृति खबर संवाददाता

काठमाडौँ, १८ असार ।

सरकारले पहिलो, दोस्रो र तेस्रो चरण गरेर अन्तर्राष्ट्रिय उडानहरुलाई खुल्ला गर्ने निर्णय गरे संगै लामो समय देखि नेपाल फर्कने प्रतीक्षामा रहेका नेपाली कामदारहरु नेपाल फर्कन पाउने भएका छन् ।

लामो समय अन्तर्राष्ट्रिय नियमित उडान नहुदा महँगो भाडा तुरेर चार्टर्ड उडानमा आए पनि कति देशमा भने चार्टर्ड उडान पनि बन्द गरिएका थिए र हाल पनि केही देशमा अन्तर्राष्ट्रिय उडान अनुमती पाएको छैन । मलेसिया, कतार , साउदी ओमान, जापान लगायतका देशबाट नेपाल फर्कनेहरुले भने केही जानकारी भने लिन जरुरी छन् ।

सरकारले जारी गरेको ट्राभल नियम तथा नेपाल फर्किसके पछि अपनाउने नियम र क्वारेन्टाइन तथा होम क्वारेन्टाइन बस्ने नियमहरु यस्ता रहेका छन् ।

१. फोटो एवं बारकोड÷क्यूआर कोड सहितको ७२ घन्टा भित्रको कोरोना पिसिआर नेगेटिभ रिपोर्ट चाहिने ।
२. नेपाल उड्नु अघि यात्रुले सिसिएमसी फर्म भर्नुपर्ने । फर्मको लागि वेभसाइट www.ccmc.gov.np बाट भर्न सकिनेछ ।
३. नेपाल जाने यात्रुले ७ दिनसम्म क्वारेन्टाइन बस्नुपर्नेछ । क्वारेन्टाइनको सम्पूर्ण खर्च यात्रु स्वयंले बेहोर्नुपर्नेछ ।

४. यदि यात्रुले आफू रहेको देशमा कोरोनाको २ वटै खोप लगाएको छ र कोरोना टेस्ट नेगेटिभ रिपोर्ट छ भने सिधै होम क्वारेन्टाइनमा १० दिन बस्ने गरि घर जान पाउनेछ ।
५. यदि अन्तिम संस्कार (काजक्रिया) मा सहभागी हुनुपर्ने छ भने स्थानिय निकाय वा सिसिएमसिले सिफारिस गरेको आधारमा स्वास्थ्य मापदण्ड पालना गर्नेगरि घर वा गन्तब्य स्थानमा जान दिइनेछ ।

६. अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्तिहरु र बिरामिसँगै जाने सहयोगि (कुरुवा) बढिमा दुईजनासम्मलाई अस्पतालबाट जारी आधिकारीक कागजातका आधारमा कम्तिमा १० दिन होम क्वारेन्टाइन वा अस्पताल जान पाइनेछ ।

७. ७५ बर्ष माथिका जेष्ठ नागरिक वा ५ बर्ष मुनिका नावालक र नाबालकसँगै आमा र बुबाको हकमा कम्तिमा १० दिन स्थानिय तहको अनुगमनमा होम क्वारेन्टाइनमा बस्न दिइनेछ ।

८. माथि ५,६ र ७ नम्बरमा उल्लेखित प्राबधान बमोजिम होम क्वारेन्टाइनमा जानका लागि बिमानस्थलमा एन्टिजेन परिक्षणको रिपोर्ट नेगेटिभ आउनुपर्नेछ । यदि पोजेटिभ आएमा आइसोलेशन वा अस्पताल पठाइनेछ । यदि एन्टिजेन रिपोर्ट नेगेटिभ आएको छ र होम क्वारेन्टाइनमा १० दिन बसेको छ भने ११ औं दिन परिक्षण गरेको रिपोर्ट अनिवार्य बुझाउनुपर्नेछ ।