क्वालालम्पुर–काठमाडौँ नियमित उडान सुरु, यात्रुले पालना गर्नुपर्छ यस्ता छन् मापदण्ड !

जागृति खबर संवाददाता

काठमाडौँ, १७ असार ।

क्वालालम्पुरको नियमित उडान सुचारु भए संगै मलेशियाको क्वालालम्पुरमा रहेको नेपाली राजदुताबासले मलेशियाबाट नेपालको लागी हुने उडानहरु बारे जानकारीहरु दिंदै एक सुचना प्रकाशित गरेको छ । मलेसिया लगायत तीन देशको चार्टर्ड उडान बन्द गरेर सरकारले नियमित उडान गर्ने निर्णय गरे संगै मलेसियामा रहेका नेपालीमा खुसीयाली छाएको छ ।

हिजो जुन २८ मा एक सुचना प्रकाशित गर्दै दुताबासले क्वालालम्पुर-काठमाडौँ रुटमा हुने उडान र उक्त उडान मार्फत नेपाल फर्कने यात्रुहरुको लागी स्वास्थ्य मापदण्ड बारे जानकारी दिएको हो । विदेशमा सम’स्यामा परेका नेपाली श्रमिकहरुलाई घर फर्काउने उद्देश्यले सरकारले मलेशिया लगायत मुलुकहरुमा सिमित संख्यामा उडान सुचारु गरेको छ ।

क्वालालम्पुर देखि काठमाण्डौको लागि हप्तामा दुई वटा नेपाली एयरलाईन्स र दुईवटा मलेसियाका एयरलाईन्सका गरी चारवटा उडान हुने दुताबासले जानकारी दिएको छ । यात्रुले नेपाल पुग्ने समयले ७२ घण्टाभित्र कोभिड-१९ परीक्षण गरेको फोटो एवं बारकोड/QR Code सहितको पि.सि.आर. नेगेटिभ रिपोर्ट हुनुपर्ने दुताबासले सुचनामा जनाएको छ । त्यस्तै होटलहरुमा ७ दिनको क्वारिण्टिन सहितको होटल बुकिङ्ग गरेको प्रमाण पनि अनिवार्यरुपमा हुनुपर्ने जनाईएको छ । दुताबासले जारी गरेको सुचना यस्तो छ ।

क्वालालम्पुर – काठमाण्डौ नियमित उडान सुचारु
क्वालालम्पुर देखि काठमाण्डौको लागि हप्तामा दुई वटा नेपाली एयरलाईन्स र दुईवटा मलेसियाका एयरलाईन्सका गरी चारवटा उडान हुन सक्ने। यात्रा गर्नको लागि पालना गर्नुपर्ने मुख्य मुख्य मापदण्डहरु :- नेपाल पुग्ने समयले ७२ घण्टाभित्र कोभिड-१९ परीक्षण गरेको फोटो एवं बारकोड/QR Code सहितको पि.सि.आर. नेगेटिभ रिपोर्ट / २. विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापन सम्बन्धी आदेश, २०७८ अनुसार होटल क्वारिण्टिनकालागि तोकिएका (होटलको सूचीको लागि यहाँ क्लिक गर्नुहोस) होटलहरुमा ७ दिनको क्वारिण्टिन सहितको होटल बुकिङ्ग

३. एयरपोर्ट प्रस्थान गर्नुपूर्व CCMC फर्म भरी (CCMC फर्मको लागि यहाँ क्लिक गर्नुहोस ) र सो को वारकोड सहितको स्क्रिन फोटो लिनुहोला र प्रिन्ट गर्नुहोला। नेपाल जाने टिकट कन्फर्म गर्नुपूर्व आफुसँग भएका कागजातहरु (राहदानी/ट्राभल डकुमेण्ट/भीसा/चेक आउट मेमो) को मान्य अवधी ख्याल गर्नुहुन समेत अनुरोध गरिन्छ।