रुपा सुनार प्रक’रणको पर्दाफास, यस्तो सम्म भएको रहेछ खुल्यो रहस्य भिडियो हेरौ

जागृति खबर संवाददाता

काठमाडौँ, १७ असार ।

इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता रुपा सुनारलाई द’लित भएकै कारण कोठा नदिएको अभि’योगमा प’क्राउ परेकी घरधनी सरस्वती प्रधान केहि दिन अघी छुटेकी छिन् । आफूलाई जातको आधारमा कोठा नदिएको भन्दै रुपा सुनारले दिएको जाहे’रीका आधारमा गत शुक्रबार प’क्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई बुधबार जिल्ला अदा’लत, काठमाडौंको आदेशपछि उनी रि’हा भएकी हुन् ।

उनको पक्रा’उको नेवार समुदायले चर्को वि’रोध गरेको थियो । २४ वर्षीया पत्रकार समेत रहेकी रूपाले आफूमाथि जातीय वि’भेद भएको भन्दै बिहीबार प्रहरी वृत्तमा जा’हेरी दिएपछि ५८ वर्षीया सरस्वती प्रधानलाई अनुस’न्धानका लागि प्रहरीले निय’न्त्रणमा लिएको थियो । बबरमहलमा आमासँग बस्दै आएकी सञ्चारकर्मी समेत रहेकी रूपा कोठा खोज्न जाँदा थरका कारण आफूले कोठा नपाएको बताएकी थिइन ।

काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर सिंहका अनुसार प्रहरीले घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

‘हामीले घरबेटीविरूद्ध अस्ति शुक्रबार नै पक्राउ अनुमति लिएका थियौं,’ उनले भने।रूपाले पनि घरबेटी पक्राउ परेकोबारे आफूले थाहा पाएको बताएकी छन्। आफ्नी आमासँग बस्दै आएकी रूपा गत मंगलबार बबरमहलमा कोठा खोज्न गएकी थिइन्। आफ्नी साथीले देखाउन लगेको कोठा रूपालाई मन परेको थियो। सुरूमा घरबेटीले कोठा दिने कुरा गरेकी थिइन्।

भाडाको कुरा गरेपछि जातको कुरा आउँदा रूपाले घरबेटीलाई आफू कामीकी छोरी हुँ भनेकी थिइन्। त्यसपछि भने घरबेटीले कोठा नदिएकी हुन्। रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन्।

रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।

इमेज टेलिभिजनको उकाली-ओराली कार्यक्रमकी प्रस्तोता रूपा पछिल्लो समय कोठा सर्न खोज्दै थिइन्। आमासँग भाडाको कोठा थियो।कोरोनाभाइरसको महामारी रोक्न निषेधाज्ञा गरियो। रूपा पनि अरू काम घरबाटै गर्थिन्। कार्यक्रम चलाउन केही समय कार्यालय जान्थिन्।

रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।त्यसबमोजिम कसुर गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र पचास हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान छ।