सार्वजनिक यातायात नखोलेसम्म बजार खोल्नुको अर्थ छैन : सिटौला

जागृति खबर संवाददाता

काठमाडौँ, ८ असार ।

आजदेखि बजार खोल्ने र निजी सवारी साधनलाई जोर बिजोरको आधारमा चल्न दिने सरकारको निर्णय प्रति सार्वजनिक यातायात महा संघले असहमति जनाएको छ । सरकारको सो निर्णय अव्य’वहारिक र पक्षपाती भएको भन्दै बजारमा किनमेल गर्न जाने मान्छेलाई घरमा थुनेर बजार खोल्नुको कुनै अर्थ नहुने महासंघका महासचिव सरोज सिटौलाले बताएका छन् ।

सिटौलाले प्रश्न गरे, ‘सार्वजनिक सवारी साधन नखोलेसम्म बजार खोलेको के अर्थ ? पसल खोलेपछि किन्ने मानिस पनि चाहियो होला नि ? बजारमा किनमेल गर्ने सबै जनाका निजी सवारी साधन त पक्कै छैैनन होला ?’ सरकारले सर्व साधारणलाई दुख दिने काम गरिरहेको भन्दै उनले आक्रोश व्यक्त गरे। ‘सीमित सवारी साधन खोल्ने र मानिसको भिड जम्मा गर्ने काम गरिरहेको छ’, आर्थिक न्युजसँगको कुराकानीमा उनले भने ।

सार्वजनिक सवारीले कोरोना भाइरस सार्ने भन्दै सरकारले नै कुतर्क गरिरहेको आरोप समेत उनले लगाए । उनले भने, ‘बरु सरकारले कम सवारी साधन चलाएर को’रो ना झन् फै’लाउने काम गरिरहेको छ। धेरै सवारी साधन सञ्चालन गर्यो भने यात्रुहरूको भिड भाड कम हुन्छ,यसतर्फ सरकारले किन नसोचेको होला।’ अहिले सरकारले आम मानिसका लागि नभई सीमित वर्गलाई सुविधा हुने खालको काम गरिरहेको उनले बताए ।

उनले निर्णयकर्ता हरूलाई प्रश्न गरे,” सरकारले निजी सवारी साधन जोरबिजोर भनेर सञ्चालन गर्न दिनुको के अर्थ? अहिले लकडाउन कडा भइरहेका बेलामा पनि ती सवारी साधन त चलिनै रहेका छन्। “सरकारले कानुनी रूपमा सार्वजनिक यातायातको साधनका रूपमा काम गर्ने यातायातलाई काम गर्न नदिएर गैर कानुनी रूपमा यात्रु ओसार्ने (स्कोरपियो लगायत )लाई अनधिकृत रूपले कमाउने मौका दिइरहेको समेत उनले आरोप लगाए ।