असार देखि दुबई–काठमाण्डौ उडान भर्ने, टिकट मूल्य यति, अन्न्ये देशको यस्तो

जागृति खबर संवाददाता

काठमाडौँ, ६ असार ।

असार काठमाडौ नेपाल एयरलाइन्सले आगामी जुन २३ देखि दुबई–काठमाण्डौको एकतर्फी उडान सुरु गर्दै छ । नेपाल सरकारले कोरोना महामारीको कारण यूएईमा रोकिएका श्रमिकलाई उद्दार गर्ने उदेश्यले उडान भर्न लागेको हो । युएई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरुले भने युएईका उडानमा युएई जान सक्दैनन्।

नेपालमा कोरोना महामारी बढेको कारण युएई सरकारले नेपाललाई युएई जान रोकेको कारण नेपालीहरु युएई जान नपाउने भएका हुन् । नेपाल एयरलाइन्सका अनुसार युएईबाट हुने उद्दार उडान असार ९ गते र असार १६ गतेको लागि तय भएको छ । उडान एकातर्फी भएकाले युएईबाट नेपाल आउनेहरुले महँगो टिकट काट्नुपर्ने भएको छ । युएईबाट नेपाल आउनको लागि टिकट मूल्य करिव ५० हजारको हाराहारीमा छ ।

युएईबाट हुने उडान नियमित उडान नै हो तर एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले भाडा दर महँगो भएको एयरलाइन्सले जनाएको छ । युएईका ट्राभल एजेन्सीहरुले नेपाल आउनको लागि टिकट मूल्य १५०० दिराम देखि १८०० सम्म लिएको जानकारी प्राप्त भएको छ ।

युएईबाट करार अवधि सकिएका, भिजिट भिसामा आएर अड्किएका र अत्यावश्यक कामले घर फर्किनु पर्ने नेपालीहरूले यी उडानबाट स्वदेश फिर्ता हुन सक्नेछन् । जसको लागि टिकट बुकिङ समेत खुलिसकेको छ । यसअघि नेपाल सरकारले युएई सहित मलेसिया, साउदी उडान गर्ने निर्णय गरिसकेको छ ।

थप समाचार : ९ बर्षिया बालिकाको शव भेटियो, २६ वर्षीया सुजिता बेपत्ता : सप्तरीमा नौ वर्षीया बालिकाको आज ह’ ‘त्या भएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरही बस्ने रामउदगार यादवकी छोरी शिवानीकुमारी ह’ ‘त्या गरिएको अवस्थामा फेला परेको तरही गाविसका पूर्व अध्यक्ष शोभानन्द रायले जानकारी दिनुभयो । परिवारका सदस्यका अनुसार शिवानी पाँच वर्षीया बहिनीसँग बाख्रा चराउन घरबाट निक्लेकी थिइन् ।

सामान्य पानी पर्न थालेपछि बहिनीलाई घर पठाएर हटेल पूर्वी टोलस्थित फूलबारीमा हावाले झारेको आँप टिप्न थालेकी शिवानीको ह’ ‘त्या भएको स्थानीयवासीले बताएका छन् । प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले घटनास्थल पुगेर अनुसन्धान गर्नुभएको छ । अनुसन्धानलाई सघाउन तालिम प्राप्त कुकुर मगाइएको प्रहरी उपरीक्षक धमलाले बताउनुभयो ।

आसपासका खेतमा धान रोप्ने, हलो जोत्नेहरू रहे पनि कसैले केही थाहा नपाएको बताएका छन् । शव पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । त्यस्तै महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँबाट एक महिला विगत १७ दिनदेखि बेपत्ता छन् । स्थानीयवासी मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर गत जेठ २० गते रातिदेखि नै घरबाट गायब रहेकी छन् भने माइती पक्षले उनको ह’ ‘त्या भएको आरोप लगाएको छ ।

जिल्लाकै पिपरा गाउँपालिका–६ रतौली माइती रहेको सुजिताकी आमा सुनिता पाण्डेय र दाजु जितेन्द्रले सुजिताको ह’ ‘त्या गरेको आरोप लगाएका छन् । जितेन्द्रले बहिनीका देवर रुपेशले आफूलाई फोनमा बहिनीलाई मा’रे’को स्वीकार गरेको र मा’रे’र उनलाई भ्रमरपुरा गाउँको मनरहिया वनमा खा’ल्डो ख’नी गा’डेको आरोप लगाउनुभयो ।

प्रहरी उपरीक्षक दिनेश आचार्यले महिला हराएको जानकारी शुक्रबार मात्रै पाएको बताउनुभयो । उहाँले महिला हराएको जानकारी पाउनासाथ अनौपचारिक रुपमा खोजतलासको प्रक्रिया अगाडि बढाइएको र केही मानिसलाई ल्याएर सोधपुछ पनि गरेको जानकारी दिनुभयो ।