सवारी साधन चल्न दिइने र सम्पूर्ण व्यवसाय खोल्न दिइने कुरामा भर्खरै आयो नसोचेको खुसीको खबर

जागृति खबर संवाददाता

काठमाडौँ, ४ असार ।

देशभर जारी निषेधाज्ञाको स्वरुपमा परिवर्तन गरिने भएको छ । को-भि’ड–१९ सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बुधबारको बैठकले यस्तो निर्णण गरेको हो ।सीसीएमसीका कार्यकारी निर्देशक बा’लानन्द शर्माले एक सातामा दुई दिन बिदा हुने गरी निजी र सार्वजनिक सवारी–साधनमा जोर–बिजोर लागु गरिने जानकारी दिए । उनले सरकारी कार्यालय र अन्य सीमित क्षेत्र खुलाउने निर्णय गरिएको बताए ।

‘असार ७ गतेसम्मको को’रोना संक्रमणको अवस्था अध्ययन गरिनेछ ।त्यसपछि मात्रै कुन–कुन क्षेत्रमा के–के गर्न दिइने भन्नेबारे थप निर्णय गरिनेछ,” शर्माले भने ।गएको वैशाख १३ गते बाँकेबाट सुरु निषेधाज्ञा अहिले ७५ जिल्लामा जारी छ । काठमाडौं उपत्यकामा पछिल्लोपटक असार ७ सम्म निषेधाज्ञा थप गरिएको छ ।

कार्यकारी निर्देशक शर्माका अनुसार असार ७ पछि पनि निषेधाज्ञालाई नै निरन्तरता दिइनेछ ।‘‘असारपछि पनि लकडाउनलाई नै निरन्तरता दिई को’रोना संक्रमणदरको अवस्थाबारे विश्लेषण गरिनेछ । त्यसैअनुरुप स्वास्थ्य मा’पदण्डमा क’डाइ गरी चरणबद्ध रुपमा लकडाउन खु’कुलो बनाउँदै लगिनेछ,” उनले भने ।शर्माका अनुसार अब अन्य व्यापार, व्यवसाय खुलाउन दिइनेछ ।